३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

बिस्थापितलाई न्यानो सहयोग

२३ पुष २०७२, बिहीबार ०७:२१

पुस २३, कालिकास्थान (रसुवा) । हाकु गाविसबाट बिस्थापित भई लहरेपौवा गाविस ८ काभ्रेमा अस्थायी शिविरमा
बसोबास गर्दै आएका ७० परिवार भूकम्प पीडितलाई जाडो मौसममा न्यानो सहयोगअन्तर्गत व्लाङ्केट वितरण गरिएको
छ ।

न्यानो कपडा अभावले बढ्दो चिसो मौसमसँगै विस्थापित शिविरमा बसोबास गरेका भूमिहीनको दैनिकी
कष्ठकर बन्दै गएको छ । यसबाट अझ बढी बृद्धबृद्धा, महिला, सुत्केरी, बालबालिकाहरुलाई प्रभावित भएका छन् ।
मंगलबार शिविरमै पुगी न्यानो व्लाङ्केट वितरण गरिएपछि विस्थापितहरु खुसी काभ्रे क्याम्पका संयोजक
बमबहादुर तामाङले बताए ।

न्यानो सहयोग अन्तर्गतको व्लाङ्केट काठमाडौंस्थित युथ एक्सन नेपाल र
क्इक भोलेन्टिएर टिमले सहयोग सङ्कलन गरी पठाएका थिए भने स्थानीयस्तरमा वितरण गर्नको लागि सामुदायिक
आत्मनिर्भर सेवा केन्द्र, भूमि अधिकार मञ्च र लाङटाङन्युज डटकम अनलाइनका टिमले समन्वय गरेका थिए

क्इक भोलेन्टिएर टिमले भूकम्प प्रभावित क्षेत्रमा न्यानो सहयोगअन्तर्गत व्लाङ्केट वितरण
थालेकोछ । भोलेन्टिएर टिमले यसअघि हाकु गाविसबाट विस्थापित भई आएका र बेत्रावती सातबीसे र बोगटीटारको
क्याम्पमा पनि व्लाङ्केट तथा कपडा वितरण गरेको थियो । यस कार्यलाई निरन्तरता दिने र बाँकी र अति अभाव
भएका ठाउँमा क्रमशः वितरण गर्दै जाने क्इक भोलेन्टिएर टिमका संयोजक अरुण खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली