नन्दराम जैशी/भदौ १६, जुम्ला । ६ नं. प्रदेश स्तरीय खुल्ला पुरुष भ"/>
नन्दराम जैशी/भदौ १६, जुम्ला । ६ नं. प्रदेश स्तरीय खुल्ला पुरुष भ"/>
नन्दराम जैशी/भदौ १६, जुम्ला । ६ नं. प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा जिल्ला खेलकुद विकास समिति कालिकोटको टिम सेमिफाइनलमा प्रवेश गरेको छ । जुम्लामा आजदेखि शुरु भएको प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा पहिलो खेलमा चन्दननाथ नगरपालिकाको टिम जुम्ला र तेस्रो खेलमा जाजरकोटको टिमलाइ हराउदै कालिकोट सेमिफाइनलमा प्रवेश गरेको हो । यस्तै आज सम्पन्न भएका चार खेलमध्य दोस्रो खेलमा जिल्ला खेलकुद विकास समिति जुम्लाको टिमलाइ हराउदै सुर्खेत विजयि भएको छ । भने चौथो खेलमा पुन जिल्ला खेलकुद विकास समिति जुम्लाको टिमलाइ हराउदै नारायण नगरपालिका दैलेखको टिम विजयि भएको छ । लिगकम नकाउट चरणबाट प्रतिष्पर्धा गराइएको खेलमा लगातार २ टिमसँग प्रतिष्पर्धामा हार्ने टिम खेलबाट आउट हुने खेल प्रशिक्षक बरम बहादुर महतले बताउनुभयो । जस अनुसार आज लगातार २ टिम सुर्खेत र दैलेखसँग हारेपछि जिल्ला खेलकुद विकास समिति जुम्लाको टिम खेलबाट प्रतिष्पर्धामा आउट भएको छ । यसैबिच भोलि बिहान ७ बजेबाट शुरु हुने खेलमा चन्दननाथ नगरपालिकाको टिम जुम्ला र जाजरकोटको टिम बिच कडा प्रतिष्पर्धा हुने भएको छ । यस्तै भोलि हुने दोस्रो खेलमा प्रतियोगितामा राम्रो खेल प्रर्दशन गरीरहेका टिम सुर्खेत र दैलेख बिच कडा कडा प्रतिष्पर्धा हुने जनाइएको छ । ६ नं. प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता चन्दननाथ नगरपालिका जुम्लाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति जुम्लाको प्राविधिक सहयोगमा र भलिबल संघ जुम्लाको समन्वयमा संचालन भएको हो । भाद्र १८ गतेसम्म संचालन हुने प्रतियोगितामा ६ वटा टिमले सहभागिता जनाएका छन् । खेलमा प्रतिष्पर्धाका लागि जुम्लाका २ वटा टिम तथा कालिकोट, जाजरकोट, सुर्खेत र दैलेखका १/१ वटा टिमले भाग लिएका छन् ।कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
६ नं. प्रदेश स्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा कालिकोट सेमिफाइनलमा प्रवेश
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय समाचार
मुख्य समाचार