२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

आरजुलाई हराउन ‘अन्तर्घात’को बात लागेर कारबाहीमा परेका पुस्करनाथ ओझाले देउवालाई भेट्न मानेनन्

२०७९, २७ बैशाख मंगलवार ०२:२६

वैशाख २७, धनगढी | ०७४ काे प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेतृ आरजु राणा देउवालाई कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा हराउन भूमिका खेलेर अन्तर्घातकाे आराेपमा कांग्रेसकाे कारबाहीमा परेका पुष्करनाथ ओझा स्थानीय तहकाे निर्वाचनमा पनि खुलेका छैनन् ।

त्यतिखेर आरजु एमाले नेता नारदमुनी रानासँग हारेकी थिइन् । अन्तर्घातकाे आराेपमा कांग्रेसले उनलाई साधारण सदस्यबाट पनि निस्कासन गरेकाे थियाे । अहिले पनि उनीमाथिकाे कारबाही फुकुवा भएकाे छैन ।

स्थानीय चुनावमा धनगढी उपमहानगर मेयरमा गठबन्धनबाट कांग्रेस नेता नृपबहादुर वड प्रतिस्पर्धामा रहेका बेला ओझा साइलेन्स छन् । जबकि, ०७४ काे स्थानीय चुनावमा वडलाई मेयरमा जिताउन ओझा पनि मैदानमा उत्रिएका थिए । तर, अहिले वडलाई सहयाेग गर्नु त परैकाे कुरा बरु आफू निकटलाई स्वतन्त्र उम्मेदवारमा खडा गरेका छन् ।

आगामी प्रतिनिधिसभा निर्वाचनमा आरजु पुन: साेही क्षेत्रबाट चुनाव लड्ने सम्भावना रहेकाले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकाे ध्यान पनि धनगढीमा छ ।

आइतबार धनगढी पुगेका उनले साेमबार त्यहाँ आयाेजित चुनावी सभालाई सम्बाेधन गरेका थिए । चुनावी जाेडघटाउ भइरहँदा देउवाले तिनै ओझालाई भेट्का लागि बाेलाएका  थिए । तर, कारबाही यथावत रहेको भन्दै ओझाले देउवालाई भेट्न मानेनन् ।

भेट्न आउन नमानेपछि देउवाले ओझासँग फोनमै भए पनि कुरा गर्न चाहेका थिए । फोनमा कुरा गर्न पनि ओझाले अस्वीकार गरेको उनी निकट स्राेतले जनाएको छ  

'चुनाव अघि नै सल्लाह गरेर हाम्रा  पक्षका केही नेतालाई पनि समेटेको भए र नृप (कांग्रेस उम्मेदवार)लाई मेयरमा सहयाेग गर्न सकिन्थ्याे,' ओझाको भनाइ उद्धृत गर्दै स्राेतले भन्यो, 'अहिले अन्तिम समयमा आएर बिग्रिसकेको माहोल बनाउन सम्भव हुँदैन । त्यसैले अहिले भेटेर पनि  काम छैन ।'

ओझाले अब चुनावपछि भेट्न सकिने सन्देश देउवालाई पठाएका थिए ।

ओझा तिनै हुन् जाे २०७० मा  देउवाले तत्कालीन निर्वाचन क्षेत्र नम्बर ६ (हाल ५)  छाड्दा उपनिर्वाचन जितेका थिए । त्यतिखेर देउवा धनगढी र डडेल्धुराबाट चुनाव लडेका थिए । दुबै ठाउँबाट विजयी भएपछि उनले डडेल्धुरा राेज्दा धनगढीमा उपचुनाव भएकाे थियाे । 

कुनै बेला काेइराला पक्षधर रहेका ओझा देउवा क्याम्पमा आए पनि गुट निर्माण गरेकाे आराेप थियाे । ०७४ काे चुनावमा उनी धनगढीबाट चुनाव लड्न चाहान्थे । तर,  देउवापत्नी आरजुले धनगढी राेजेपछि उनी असन्तुष्ट भएका थिए ।

चुनावमा आरजु हारेपछि अन्तर्घातकाे बात उनै ओझामाथि लागेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने