सम्राट सिंह | भदौ १६, बझाङ | आफ्नै गाउँले भतिजा नाता पर्नेबाट बलात्कारको शिकार भएकी एक सुस्त मनस्थितीकी बालिकाको स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह | भदौ १६, बझाङ | आफ्नै गाउँले भतिजा नाता पर्नेबाट बलात्कारको शिकार भएकी एक सुस्त मनस्थितीकी बालिकाको स"/>
२०८३, १५ जेष्ठ शुक्रबार
बझाङ्ग - BJN

१० रुपयाँमा फकाएर बलात्कार, बालिकाको अवस्था चिन्ताजनक

२०७३, १६ भाद्र बिहीबार १५:०८

सम्राट सिंह | भदौ १६, बझाङ | आफ्नै गाउँले भतिजा नाता पर्नेबाट बलात्कारको शिकार भएकी एक सुस्त मनस्थितीकी बालिकाको स्वास्थ्य अवस्था गम्भिर भएको छ । बलात्कारका आरोपी भने फरार छन् ।  

गत असारको १७ गते मौलाली गाविस ३ का १८ बर्षिय दिपेन्द्र जैशीले गाउँले फुपु पर्ने ११ वर्षकी सुस्त मनस्थितीकी बालिकालाई १० रुपैया दिन्छु भन्दै फकाएर स्थानिय बगरखोलामा लगेर बलात्कार गरेका थिए । बलात्कार पछि बेहोस भएकी बालिकालाई स्थानियले भेटेर उद्धार गरेपनि उनका बाबु घरमा नभएको र भोलीपल्ट आफन्तको विवाह भएकोले भाडिने डरले घटनालाई गुपचुप राखेको बताईको छ । 

पिडीत बालिकाका बाबु धनगढीबाट फर्केपछि साउनको महिना मात्र बलात्कारीलाई कारबाही गरीपाउँ भनि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । 

बलात्कार पछि बालिकाको अवस्था दिनदिनै नाजुक बन्दै गएको रकम अभावमा उपचार गर्न नसकिएको बालिकाको परिवारले जनाएको छ । ‘योनीबाट रगत र गन्हाउने पानी बगेको बग्यै छ’ बालीकाकी भाउजुले भनिन् ‘दिशा पिसाब पनि आफै बग्ने र नरोकिने भएको छ’ बलात्कार भएको दिनदेखी उनले राम्रोसंग खाना पनि खान नसकेको उनले बताइन । 

पिडित बालिकाको स्वास्थ्य जाँच गराउदा पाठेघरमा असामान्य घाउ रहेको, हाइमन च्यातिएकोले अवस्था गम्भिर रहेको बताएको महिला अधिकार मंचकी अध्यक्ष उमा केसीले बताइन । उनले विद्यालयका शिक्षकहरुको मिलेमतोमा आरोपितको उमेर घटाउने काम गरेर सजाय घटाउने खेल भैरहेकोले समेत केसीले बताइन । महिला अधिकार मंचकै सहयोगमा पिडित बालिकाको स्वास्थ्य उपचार जिल्ला अस्पताल बझाङमा गरिएको थियो । 

यता जिल्ला प्रहरी कार्यालयले यो घटनाको मुद्धा अदालतमा दर्ता भैसकेको र आरोपितको खोजि कार्य भैरहेको जनाएको छ । प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दका अनुसार घटनाको जानकारी ढिलो गरी प्राप्त भएकोले आरोपित उम्कन सफल भएको हो । ढिलै भए पनि अपराधीलाई कानुनी कठघरामा ल्याउन प्रहरी लागीरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु