२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

तुलसीपुरको वडा नम्बर १७ मा जेठ ३ गते मतदान

२०७९, २७ बैशाख मंगलवार १४:३५

वैशाख २७, दाङ | तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ । एमालेबाट उम्मेदवार बनेका चौधरीको मंगलबार राति मृत्यु भएको हो । 

बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला, कलेजोको बिरामी थिए । यसअघिको कार्यकालमा तुलसीपुर १७ को वडा सदस्य भएरसमेत काम गरेका थिए ।

चुनाव प्रचारकै क्रममा बिरामी परेपछि उनलाई उपचारका लागि दुई पटक नेपालगन्जस्थित भेरी अस्पतालमा लगिएको थियो । तर, त्यहाँ पनि सन्चो नभएपछि थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो। त्यही उपचारको क्रममा उनको निधन भएको हो । 

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ मा जेठ ३ गते मतदानको समय तोकिएको छ । एमालेको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका लबरु चौधरीको निधन भएपछि स्थानीय निर्वाचन कार्यालयले ३० गते हुने मतदाता कार्यक्रमलाई स्थगन गरेर ३ गतेलाई तय गरिएको निर्वाचन अधिकृत राजेश्वर अर्यालले बताए । 

उनले बुधवार र बिहीबार चुनावी प्रक्रियाको सबै काम पुरा गर्ने गरी कार्यतालिका प्रकाशन गरेको बताए । सम्बन्धित दलको आधिकारिक उम्मेदवारको मनोनयन हुँदै चुनाव चिन्न दिनेसम्मको काम सक्ने तयारी भएको बताए । 

'बिहीबार ५ बजेसम्म यो काम सक्ने कार्यतालिका सार्वजनिक गरिसकेका छौं', उनले भने, 'त्यसपछि चुनावी अभियान उम्मेदवारले गर्नुहुन्छ । अनि ३ गते मतदान हुन्छ ।' अर्यालले वडा नम्बर १७ को मतदान नसकिँदासम्ममा अन्य वडाको मतगणना पनि नगरिने बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने