Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

हुम्लाको चंखेलीमा झडप, ८ राउण्ड अश्रुग्यास प्रहार

By साझासवाल 2 मिनेट पढाइ

<p><b>वैशाख ३०, हुम्ला |</b> हुम्लाको चंखेली गाउँपालिकाकाे एउटा मतदान केन्द्रमा झडप भएको छ । चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा सत्ता गठबन्धन दल र स्वतन्त्र उम्मेदवारका पक्षबीच झडप हुँदा मतदान अधिकृत घाइते भएका छन् ।<br></p><p>झडपमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रावत, र अर्का स्थानीय घाइते भएकाे प्रहरीले जनाएकाे छ ।&nbsp;</p><p>झडपलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ८ राउन्ड अश्रुग्यास प्रहार गरेकाे प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् । अहिले मतदान केही समयका लागि स्थगित गरिएको छ ।</p>