भदौ १७, पर्बत । जिल्लामा हिंसा पीडित महिला तथा बालबालिकाको आश्रय स्थलका लागि निर्माण हुन लागेको सेफ हाउसको लागि झण्डै २७ लाख ४७ हजार रकम सहयोगको लागि प्रतिबद्धता आएको उक्त व्यवस्थापन तथा निर्माण समितिले जनाएको छ । 

सेफ हाउस निर्माणक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, पर्बत । जिल्लामा हिंसा पीडित महिला तथा बालबालिकाको आश्रय स्थलका लागि निर्माण हुन लागेको सेफ हाउसको लागि झण्डै २७ लाख ४७ हजार रकम सहयोगको लागि प्रतिबद्धता आएको उक्त व्यवस्थापन तथा निर्माण समितिले जनाएको छ । 

सेफ हाउस निर्माणक"/>

2026-06-16 05:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सेफ हाउसको लागि २७ लाख जुट्यो

2016-09-02

भदौ १७, पर्बत । जिल्लामा हिंसा पीडित महिला तथा बालबालिकाको आश्रय स्थलका लागि निर्माण हुन लागेको सेफ हाउसको लागि झण्डै २७ लाख ४७ हजार रकम सहयोगको लागि प्रतिबद्धता आएको उक्त व्यवस्थापन तथा निर्माण समितिले जनाएको छ । 

सेफ हाउस निर्माणको लागि बालबालिका कार्यालयले १ लाख रुपैयाँ छुट्टाउने समेत निर्णय गरेको छ । यसैविच  सुनचाँदी व्यवसायी महिला संघ पर्वतले हिँसा पीडित महिला तथा बालबालिकाका लागि निर्माणाधिन सुरक्षित घरका लागि सहयोग गरेको छ । 

हरितालिका तिजको अवसरमा संघले एक कार्यक्रमको आयोजना गरि उक्त सहयोग हस्तान्तरण गरेको हो ।  संघकी अध्यक्ष तारा सुनारले ८४ हजार नगद जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरिक्षक गंगा पन्तलाई हस्तान्तरण गरेको हो ।संघकी अध्यक्ष सुनारले हिँसा पीडितहरुका लागि विभिन्न निकायले गरेको सहयोगमा आफ्नो तर्फवाट पनि सानो सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरिन् । महिलाहरुले गर्ने फजुल खर्च जोगाएर आफुहरुले ‘सुरक्षित घर’ निर्माणमा सहयोग गरेको उनको तर्क थियो । 

सोही अवसरमा बोल्दै प्रहरी नायव उपरिक्षक गंगा पन्तले सुरक्षित घरका लागि गरेको सहयोग प्रशंसायोग्य रहेको बताइन् । उनले विभिन्न निकायवाट आएको सहयोगलाई सहि सदुपयोग गर्ने बताइन । 

उपरिक्षक पन्तले संस्कृतिक र परम्परा जोगाउने नाममा महिलाहरु धार्मिक जालोमा फसेको भन्दै तिजलाई महिला समानताका लागि प्रयोग गर्न आग्रह समेत गरिन् ।  कार्यक्रममा,सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य निर्मल विश्वकर्मा, सुनचाँदी व्यवसायी संघ पर्वतका अध्यक्ष विकास सुनार, पत्रकार  माया अधिकारी, सुनचाँदी व्यवसायी महिला संघ पर्वतका सल्लाहकार गोपीलाल विश्वकर्मा लगायतले बोलेका थिए । 

सेल्टर निर्माणको लागि विभिन्न संघ संस्थाले सहयोग गर्दै आइरहेका छन् भने सहयोग गर्ने क्रम पनि जारी छ । उक्त भवन निर्माणको लागि एक करोड भन्दा बढी लाग्ने अनुमान गरिएको छ ।

 


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल