वैशाख ३०, सुर्खेत | दैलेखको ठाटीकाँध गाउँपालिका-६ को मालिका माध्यामिक विद्यालयको केन्द्रमा झडप भएको छ ।
दुई पक्षबीच झडप हुँदा प्रहरी अवस्था नियन्त्रणमा लिन हवाई फायर गरेको छ ।
इच्छाइएका व्यक्तिको विषयमा विवाद हुँदा एमाले र नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
दुई पक्षबीच भएको झडपलाई नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर प्रसाद शाहले बताए । स्थिति नियन्त्रण बाहिर गएपछि अहिले मतदान स्थगित भएको छ ।