१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सवारी दुर्घटनामा २४ जना घाइते

३० बैशाख २०७९, शुक्रबार ०७:३६

वैशाख ३०, काठमाडौँ | दाङ र डोटीमा भएको सवारी दुर्घटनामा २४ जना घाइते भएका छन् । 

दाङको तुलसीपुर उपमहानगरपालिका–४ राना गाउँमा ना.अ प फा ९४१  नम्बरको एम्बुलेन्स र बा.८ च ६९२५ नम्बरको बलेरो बिहीबार ठोक्किँदा १० जना घाइत भएका छन् । 

बलेरोमा सवार ३  जना र एम्बुलेन्समा सवार ७ जना घाइते भएको प्रहरीले जनाएको छ । 

बलेरोमा सवार सोही उपमहानगरपलिका–८ बस्ने ५७ वर्षीय टेक बहादुर बस्नेत र एम्बुलेन्स चालक रुकुम पश्चिम बाफीकोट गाउँपालिका–२ बस्ने ३२ वर्षीय कलीभान खत्री समेत १० जनाको राप्ती प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको छ । घाइतेमध्ये ५ जनाको अवस्था मध्यम र अन्यको सामान्य रहेको छ । 

यस्तै, डोटीको शिखर नगरपालिका–४ धुरकोटस्थित सडकमा ना.१ ज ३१५२ नम्बरको जिप बिहीबार साँझ दुर्घटना हुँदा जिप चालक समेत १४ जना घाइते भएका छन् । 

घाइतेहरुलाई उपचारको लागि शैलेश्वरी अस्पताल दिपायल पठाइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर र अन्यको सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार