2026-11-01 10:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मतदानस्थलमा तोडफोड र मतदान अधिकृतमाथि आक्रमणपछि सप्तरीमा मतदान स्थगित, जेठ १ गते हुने

वैशाख ३०, सप्तरी | सप्तरीको डाक्नेश्वर नगरपालिका वडा नम्बर २ स्थित जनता मावि मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ।मतदानस्थलमा तोडफोडका साथै मतदान अधिकृतमाथि आक्रमण भएपछि आजका लागि निर्वाचन स्थगित गरिएको सप्तरीका मुख्य निर्वाचन अधिकृत रमेश कुमार जोशीले जानकारी दिए। त्यहाँ जेठ १ गते चुनाव गराउने निर्णय भएको उनले बताए।

दिउँसो सवा ११ बजेतिर एक जना वृद्धा मतदाताले भनेको चिन्हमा भोट नखसालेर अर्कैमा भोट हालिदिएको भन्दै एक समूहले मतदान अधिकृत विपिन यादवमाथि आक्रमणसँगै मतदानस्थलमा तोडफोड गरेको थियो।

ती समूहले मतपेटिका फोड्नुका साथै मतपत्र पनि छरपष्ट पारिदिएका थिए। घाइते भएका निर्वाचन अधिकृत यादवको अवस्था समान्य रहेको सप्तरीका एसपी आदिनारायण काफ्लेले जानकारी दिए।

भारतीय सीमावर्ती क्षेत्रमा पर्ने यो मतदान केन्द्रमा घटनाअघि २ हजारभन्दा बढी मत खसिसकेपछि विवाद भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द