भदौ १७, काठमाडौँ । नेपालबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गएको बिहिवार थाइल्याण्डको राजधानी बैंकक पुगेका छन ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, काठमाडौँ । नेपालबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गएको बिहिवार थाइल्याण्डको राजधानी बैंकक पुगेका छन । 
३ कार्तिक २०८१, शनिबार
काठमाडौँ - KTM

राष्ट्रवादी कहलिएका ओलीको थाइल्याण्ड भ्रमणको यस्तो रहस्य सार्बजनिक

१७ भाद्र २०७३, शुक्रबार ०५:४३

भदौ १७, काठमाडौँ । नेपालबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गएको बिहिवार थाइल्याण्डको राजधानी बैंकक पुगेका छन । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट बैंकक जाने बेलामा ओलीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरे । ओलीले प्रचण्डलाई भारतीय इशारामा चलेको अभिव्यक्ति मात्र दिएनन् नेपालको संविधान संशोधनका विषयमा समेत भारतलाई आमन्त्रण दिएको घुमाउरो आरोप लगाए ।

पछिल्लो समय भारतको चर्को आलोचक भनेर व्याख्या गरिएका ओलीले झण्डै १५ दिन लामो भ्रमण तय किन गरे रु नेपालमा जस्तै यहाँ नयाँ दिल्लीमा पनि उनको भ्रमणको चर्चा हुन थालेको छ । 

नेकपा एमालेका अनुसार बिहिवार थाइल्याण्ड प्रस्थान गरेका ओलीले बैंककमा स्वास्थ्य परिक्षण गराउने छन । त्यसपछि उनको भ्रमण इन्डोनेशिया हुनेछ । एमाले पार्टी कार्यालयको विज्ञप्ती र ओलीको अभिव्यक्ति अनुसार भ्रमण बिशुद्ध स्वास्थ्य परिक्षण तथा घुमघाममा केन्द्रीत रहेको छ । 

उनको टोलीमा पत्नी राधिका शाक्य, भतिजा राजेश बज्राचार्य र उनका राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागि छन ।

ओलीको भ्रमणका विषयमा भारतमा चर्चा हुनुको मुख्य कारण 

भारतीय जनता पार्टीका एक नेताका अनुसार नेपालका पूर्वप्रधानमन्त्री ओलीको बैंकक भ्रमण स्वास्थ्य परिक्षण नभएर राजनीतिक भेटवार्तामा केन्द्रीत रहेको छ । 

त्यसैले ओलीको भ्रमणका विषयमा नयाँ दिल्लीमा चर्चा हुन थालेको हो । स्रोतका अनुसार भारतीय गुप्तचर संस्थाका प्रमुखसंग भेटवार्ता गर्न र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध योजना बनाउनका लागि ओलीकै पहलमा बैंकक भ्रमण तय भएको हो । 

पछिल्लो समय भारतीय गुप्तचर संस्था रअले दक्षिण एशियाको समस्या समाधानका लागि थाइल्याण्डमा छलफलको केन्द्र बनाउने गरेको छ । अघिल्लो माघमा पूर्वराज ज्ञानेन्द्र शाहसंग पनि बैंककमै कुराकानी भएको थियो । रअका प्रमुख राजिन्दर खन्ना पनि यसै हप्ता थाइल्याण्ड भ्रमणमा जाने तयारीमा रहेका छन । उनले थाइल्याण्ड बसाइमा ओलीसंग नेपाल मामिलामा छलफल गर्नेछन ।

भारतीय जनता पार्टी निकट स्रोतले भन्यो ‘‘ओलीले स्वास्थ्य परिक्षणका लागि भन्ने देखाउन डाक्टर दिव्या सिंह शाहलाई समेत थाइल्याण्ड लैजाने तयारी थियो । यहाँबाट गोप्यताको कुरा गरिएकाले उनले आफ्ना राजनीतिक सल्लाहकार र परिवारका सदस्यलाई मात्र भ्रमणमा लगेका छन । उपचारका लागि भन्दा पनि अहिले सम्बन्ध सुधार गरौं भन्ने ओली जीको चाहनामा यो भ्रमण तय भएको हो ।

 त्यसैले राजनीतिक सल्लाहकार विष्णु रिमाललाई भ्रमणमा राखिएको छ । ’’नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डलाई सत्ताच्यूत गर्ने हिसाबले ओलीले छलफल गर्न चाहेका छन । 

त्यतिमात्र होइन पछिल्लो समय पार्टीको बहुमत पक्षले ओलीका क्रियाकलापको आलोचना गर्न थालेपछि सम्बन्ध सुधार भन्दै भारतीय गुप्तचरसंस्थासंग छलफल बाक्लो बनेको छ । त्यसो त पहिलो संविधानसभामा भारतीय गुप्तचर संस्था रअका प्रतिनिधिसंग काठमाडौंको एभ्रेष्ट होटलमा भएको भेटवार्ताका विषयमा नेपालको प्रमुख पत्रिका कान्तिपुरका सम्पादक सुधीर शर्माले आफ्नो पुस्तक मार्फत सार्वजनिक गरिसकेका छन ।

ओली र खन्नाको सम्बन्ध र भ्रमणको उद्देश्य 

नेपालका पूर्वप्रधानमन्त्री ओली र भारतीय गुप्तचर विभागका प्रमुख खन्नाबीच मतएक्येता र समानता छ । यस विषयमा नयाँ दिल्ली भ्रमणका क्रममा तत्कालिन नेपालका प्रधानमन्त्री ओली र रअ प्रमुख खन्नाले आपसमा छलफल समेत गरेका थिए । खन्ना भारतमा माओवादी विरोधी अभियानका प्रमुख समेत हुन 

उनलाई सन् २०१५ को शुरुवातमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माओवादी विरोधी अभियानमा योगदान गरेको भन्द्र रअको प्रमुख बनाएका थिए । मोदीका विश्वास पात्रको रुपमा खन्नालाई लिने गरिन्छ । नेपाली नेता ओली पनि नेपालमा माओवादीको बिरोध गरेर मात्र स्थापित भएका हुन । जुन अहिले पनि निरन्तरता दिईरहेका छन । माओवादी विरुद्ध ओली र खन्ना एक ठाउँमा छन । 

रिसर्च एण्ड एनालाइसिस विङ रअले भारतमा कम्युनिष्ट र खासगरी माओवादी समाप्तीका लागि नेपालका माओवादीलाई समाप्त पार्नुपर्ने भन्दै काम गरिरहेको छ । उसले नेपालका माओवादी भारतका लागि पनि सुरक्षा चुनौती भएको निष्कर्ष निकालेको छ । यसमा ओली र रअको कुरा मिलेको छ ।

सरकार बनेको एक महिना नहुँदै नेपालका प्रधानमन्त्री प्रचण्डलाई हटाउनुको मुख्य कारण भारतीय कम्पनीलाई फास्टट्रयाक नदिनु, भारतीय योजना अनुसार ठूला जलविद्युत आयोजना संचालन गर्न नमान्नु, विमानस्थल, सुरक्षा निकाय लगायतमा भारतीय लगानी अस्विकार गर्नु रहेको बुझिएको छ । 

भारतले माओवादी अध्यक्ष प्रचण्डलाई यसअघिदेखिनै भारत विरोधी खेमामा राख्ने गरेको छ । यसअघि २०६६ सालमा प्रचण्डले आफू पदबाट हटेपछि भारतलाई सडकबाटै च्यालेन्ज गरेपछि प्रचण्ड भारतको स्थायी सत्रु बनेका छन । 

उनले भारतले नचाहेका झलनाथ खनाल र केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएपनि ओलीले आफू प्रचण्डको समर्थनमा प्रधानमन्त्री बन्नु गलत भएको भन्दै भारतीय पक्षसंग माफी माग्ने समेत गरेका छन । 

केहीवर्षदेखि भारत र प्रचण्ड एक अर्का विरुद्धनै देखिएका छन । यहि विषयमा सिंगापुरमा उपचारका लागि भन्दै गएका काँग्रेस सभापति शेरबहादुर देउवासंग पनि भारतीय गुप्तचर संस्था रअले छलफल गर्ने तयारी पनि गरेको छ ।

ओली खन्ना भेटवार्ताको वातावरण कसरी मिल्यो ? 

एमाले अध्यक्ष ओलीले आफू जसरी पनि प्रधानमन्त्रीबाट नहट्ने योजना अन्तरगत भारतीय गुप्तचर संस्था रअसंग नजिक भएको देखिन्छ । 

नयाँ दिल्लीमा रहेका एक गुप्तचर अधिकारीका अनुसार लामो समय नयाँ दिल्लीमा बसेर पत्रकारिता गरेका तत्कालिन प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकारले यो भेटवार्ता मिलाएका हुन । 

त्यसैको सेरोफेरोमा ओलीका विदेशमामिला सल्लाहकार केही समय अगाडी नयाँ दिल्ली आइपुगेका थिए । उनैले योजना बनाएर ओलीले थाइल्याण्ड भ्रमण तय गरेका हुन । स्रोतका अनुसार ओलीका नयाँ दिल्लीमा पहिले पत्रकारिता गरेका विदेश मामिला सल्लाहकारले समय र स्थान मिलाएपछि मात्र यो भ्रमण तय हुन सफल भएको हो । 

नेपालमा भने प्रचण्डलाई भारत रुझान देखाउनका लागि ओलीका प्रेस सल्लाहकार र विदेश मामिला सल्लाहकारले संचालन गरेको एक अनलाईन मार्फत भएनभएका समाचारहरु सार्वजनिक गरिएको छ । 

यी समाचारलाई ओलीका दुवै सल्लाहकारले आफूले पनि सामाजिक संजाल फेसबुकमा सेयर गर्ने र अरुलाई पनि सेयर गर्न लगाउने गरेका छन । भारतमा जस्तो कानुनी व्यवस्था नभएकाले नेपालमा भने अनलाइन समाचार जसरी लेखेपनि हुने गरेको छ ।

माओवादी विरुद्धमा रअ किन ?

भारतीय गुप्तचर संस्था रअ छिमेकीहरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्नेमा दक्षिण एशियामै कुख्यात छ । नेपाललाई अस्थिर बनाउने, नेपालको राजनीति, सामाजिक र बिकास निर्माणलाई आफू अनुकुल प्रयोग गर्ने यसको मुख्य ध्येय देखिन्छ । 

नेपालको राजनीतिक व्यवस्था परिवर्तनसंगै नेपालको बिकासले गतिलिन थालेपछि रिसर्च एण्ड एनालाइसिस विङ्ग्स रअले माओवादी विरुद्ध अभियाननै थालेको थियो । जनमत अनुसार २०६५ सालमा सबैभन्दा पहिलो द लबनेको तत्कालिन एकीकृत नेकपा माओवादीलाई सरकारको नेतृत् वगर्न रोक्नु, सरकारको नेतृत्व गरेपछि पनि कटवाल प्रकरणबाट हटाउनु, त्यसपछि पनि माओवादीलाई कमजोर पार्ने र यथास्थितिवादी शक्तिलाई मलजल गर्ने काम रअले गर्दै आएको छ । 

केही समय त नेपालमा भारत र प्रचण्डबीच ठूलै द्वन्द्व बनेको छ । जुन अहिले पनि कायम रहेको छ । यो द्वन्द्वका बारेमा जानाकार ओलीले भारतसंग निकटसम्बन्ध बनाएर अहिले फेरि रअको नेपाल व्यूरोले गर्ने काम गरिरहेका छन । 

बाहिर राष्टवादी देखिएका ओली भित्र भित्रै माओवादीलाई समाप्त पार्ने नाममा नेपालमा भारतीय हस्तक्षेप निम्ताएका छन । ओलीको बैंकक भ्रमण त्यसैको एउटा महत्वपूर्ण माध्यम हो । स्रोतका अनुसार ओली र देउवा नेपाल फर्किएपछि वर्तमान सरकार विरुद्ध नयाँ चलखेल शुरु हुनेछ । -जनआव्हान साप्ताहिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो