Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

खोटाङमा पपिनोको व्यावसायिक खेती सुरु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १७, खोटाङ । स्वास्थ्यका लागि उपयोगी मानिने पपिनोको जिल्लामा व्यावसायिक खेती सुरु गरिएको छ ।

सुगर, उच्च रक्तचापलगायतका रोगका लागि औषधि हुने पपिनोको व्यावसायिक खेती सुरु गरिएको हो । विशेषगरी दक्षिण अफ्रिकाबाट आएको पपिनो दिक्तेल नगरपालिकास्थित झिसेपु अर्गानिक कृषि फार्मले व्यावसायिक रुपमा उत्पादन सुरु गरेको छ ।

पाँच महिनाअघि काठमाडौँबाट प्रतिगोटा रु १०० का दरले बिरुवा खरिद गरेर ल्याइएको २०० बिरुवाबाट फल दिन सुरु भएको फार्मका सञ्चालक धर्मराज राईले बताउनुभयो । समुद्री सतहदेखि तीन हजार मिटरसम्मको उचाइमा एक मौसममा प्रतिबोट पाँच किलोसम्म उत्पादन गर्न सकिने पपिनोको बजार मूल्य प्रतिकिलो रु ५०० देखि रु ८०० सम्म रहेको छ ।

झिसेपु अर्गानिक कृषि फार्मको सञ्चालक राईले पपिनोसँगै स्ट्रवरी, एबोकार्ड, गोलभँेडा, अनार, अलैँचीलगायतको व्यावसायिक खेती गर्नुभएको छ । रासस