भदौ १७, रोल्पा । गाउँपालिकाको केन्द्रबारे विवाद भएपछि जिनाबाङ गाविसमा स्थानीयवासीले तीनदिनदेखि तालाबन्दी गरेका छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, रोल्पा । गाउँपालिकाको केन्द्रबारे विवाद भएपछि जिनाबाङ गाविसमा स्थानीयवासीले तीनदिनदेखि तालाबन्दी गरेका छन् । 
२०८३, ३ जेष्ठ आईतवार
रोल्पा - RLP

तीन दिनदेखि रोल्पाको जिनाबाङ गाविस कार्यालयमा तालाबन्दी

२०७३, १७ भाद्र शुक्रबार १०:०१

भदौ १७, रोल्पा । गाउँपालिकाको केन्द्रबारे विवाद भएपछि जिनाबाङ गाविसमा स्थानीयवासीले तीनदिनदेखि तालाबन्दी गरेका छन् । 

घर्तीगाउँलाई गाउँपालिकाको केन्द्र बनाएको विरोधमा जिनाबाङ गाविसका बासिन्दाले तालाबन्दी गरेका हुन् । भौगोलिक विकटतालाई ध्यानमा राखी गाउँपालिकाको केन्द्र नतोकिएको भन्दै उनीहरुले विरोध गरेका हुन् । “नक्साको आधारमा कोरिएको गाउँपालिकाको केन्द्रको निर्णय स्वीकार्य छैन”–स्थानीय देवराज ओलीले भन्नुभयो । 

तालाबन्दीपछि गाविस कार्यालयको सम्पूर्ण कामकाज ठप्प भएको छ । माग सम्बोधन नभएसम्म तालाबन्दी जारी रहने स्थानीयवासीले बताएका छन् । 

जिनाबाङ, घर्तीगाउँ, तालाबाङ, राँक, ओत, पाखापानी गाविस मिलाएर गाउँपालिका बनाउँदा त्यसको केन्द्र ओतको राङ्जीबाङ बनाउनुपर्ने तथा जिनाबाङ, राँक, ओत, पाखापानी मिलाउँदा केन्द्र जिनाबाङ बनाउनुपर्ने स्थानीयवासीको माग रहेको छ । 

आन्दोलनलाई निरन्तरता दिन नौ सदस्यीय संर्घष समिति गठन गरिएको छ । राजनीतिक दलका जिल्लास्थित प्रतिनिधिले नागरिकको भावना विपरीत केन्द्र निर्धारण गरेको स्थानीयवासी मिश्रीप्रसाद डाँगीले आरोप लगाउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट