जेठ २, कास्की | कास्कीको रुपा गाउँपालिकामा भारी मतान्तर साथ एमाले विजयी भएको छ । अध्यक्षमा नवराज ओझाले कांग्रेसकी गीमाया गुरुङलाई एक हजार ६१२ मतान्तरले हराए । ओझाले पाँँच हजार ७४९ मत पाउँदा गुरुङले चार हजार १३७ मत पाइन् ।

उपाध्यक्षमा भने करिब १२ सयको मतान्तर छ । एमालेकी लालसुब्बा गुरुङले पाँच हजार ३३३ मत ल्याउँदा कांग्रेसका नारायण श्रेष्ठले चार हजार १५३ मत पाएका छन् । अहिले विजयी दुवै उम्मेद्वार दोश्रो पटक उम्मेद्वार बनेका हुन् ।

यस्तै, एमालेले २, ३, ४, ५, ६ र ७ नम्बर वडामा प्यानल जितेको छ भने कांग्रेसले १ नम्बर वडामा प्यानल जितेको छ । कांग्रेसको प्रभाव पालिकाको रुपमा लिइने रुपामा निकै कमजोर देखिएको छ । त्यसो त, यहाँ जिल्लाले टिकट दिएको ब्यक्तिको टिकट खोसेर अर्को उम्मेद्वार केन्द्रले पठाएको हो । त्यसले पनि मतान्तर बढाएको आँकलन गरिन्छ ।

कास्कीको रुपामा एमालेका नवराज ओझा विजयी
Leave a Comment