२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

वीरगन्ज महानगरको उपमेयरमा आधा भन्दाबढी मत बदर भएपछि पुन मतदानको माग

२ जेष्ठ २०७९, सोमबार १२:०२

जेठ २, वीरगन्ज | वीरगन्ज महानगरपालिकाको उपमेयरकी स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले महानगरमा उपमेयर पदका लागि पुन निर्वाचन गराउन निर्वाचन आयोगसँग माग गरेकी छन्।

मतदाता शिक्षाको अभावमा उपमेयर पदको आधाभन्दाबढी मत बदर भइरहेकाले उपमेयर पदको पुन मतदान गराउन उनले माग गरेकी हुन्। वीरगन्ज महानगरको जारी मतगणनाका क्रममा मेयरमा २५ प्रतिशत र उपमेयर पदमा ५० प्रतिशत भन्दाबढी मत बदर भइरहेको भेटिरहेको छ।

वीरगन्ज महानगर : उपमेयरमा आधा भन्दाबढी मत बदर भएपछि पुन मतदानको माग

सोमबार अपरान्ह मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेललाइ निवेदन बुझाउदैं मिश्राले महानगरमा गत शुक्रबार भएको उपमेयरको मतदान रद्धगरी पुन मतदान गराउन आयोगसंग माग गरेकी हुन्। जारी मतगणनामा उपमेयर पदमा आधा भन्दाबढी मत बदर भइरहेको भन्दै मिश्रले यसले नागरिकको वास्तविक जनमत नआउने बताएकि छन्।

निर्वाचन आयोगले यसपालि मतदाता शिक्षा कार्यक्रम सन्चालन नगरेका कारण शुक्रबारको मतदानमा मतदान गर्ने क्रममा आधाभन्दा बढी मतदाताहरुले आफूले रुचाएका उम्मेदवारको चुनाव चिन्ह पहिचान गर्न अलमलमा परेकोले मत बदर भएको उनको जिकिर छ। त्यसैले वीरगन्ज महानगरमा उपमेय पदको मतगणना स्थगित गरी मतदाता शिक्षा सन्चालन गरेपछि मात्रै पुन त्यो पदमा अर्को मतदान गराउनु पर्ने माग मिश्राको छ।

लोसपाबाट चुनाव लड्ने तयारी गरेपनि अन्तिम समयमा आएर लोसपा नेतृत्वले टिकट नदिएपछि पार्टीबाट राजीनामा दिएर मिश्रले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन्। निर्वाचन आयोगले उनलाइ गुलाफको फूल चुनाव चिन्ह प्रदान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ