जीवन डाँगी/भदौ १७, रोल्पा । गाँउपालिकाको केन्द्र घतीगाँउ बनाएको बिरोधमा जिनाबाङका स्थानीयले बुधबार देखि गाबिस कार्यालयमा ताला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जीवन डाँगी/भदौ १७, रोल्पा । गाँउपालिकाको केन्द्र घतीगाँउ बनाएको बिरोधमा जिनाबाङका स्थानीयले बुधबार देखि गाबिस कार्यालयमा ताला"/>
२८ मंसिर २०८२, शनिबार
रोल्पा - RLP

घर्तीगाँउ गाउँपालिका केन्द्र बनाए जिनाबाङ ६ नम्बर प्रेदशसँग मिसिने

१७ भाद्र २०७३, शुक्रबार १२:०७

जीवन डाँगी/भदौ १७, रोल्पा । गाँउपालिकाको केन्द्र घतीगाँउ बनाएको बिरोधमा जिनाबाङका स्थानीयले बुधबार देखि गाबिस कार्यालयमा तालाबन्दी गरेका छन् । भौगोलिक बिघटतालाई नहेरेर नक्साको भरमा कोरिएको गाँउपालिका केन्द्रको बिरोध गर्दै गाबिस कार्यालयबाट हुने सम्पूर्ण सेबा सुबिधा बन्द गरेको स्थानीयहरुको भनाई छ ।

आन्दोलनलाई अझै सशक्त बनाउनको लागि कुल बहादुर के.सीको संयोजकत्वमा सबै दलका प्रतिनिध रहेको सर्घष समिति गठन गरिएको छ । समितिमा नेपाली काङग्रेस बाट कुल बहादुर खत्री, एमाले बाट पहल बहादुर बिक, देबराज वली, माओबादी केन्द्र बाट प्रेम बहादुर वली, भरत के.सी, नेकपा माओबादीबाट राम बहादुर डाँगी, बद्धिजिबी मिश्री प्रसाद डाँगी रहेका छन् ।

बिहिबार जिनाबाङको नाउलीमा बिरोध स्वरुप कोणसभा सम्पन्न गरिएको छ ।

पूर्ब गाबिस अध्यक्ष देबराज वलीको अध्यक्षतामा भएको कोणसभामा स्थानीयहरुको सहभागिता रहेको थियो । “जिनाबाङ, घर्तीगाँउ, तालाबाङ, राँक,ओत, पाखापानी मिलाए गाँउपालिका बनाएर केन्द्र ओतको राङजीबाङ या जिनाबाङ, राँक, ओत,पाखापानी मिलाउदा जिनाबाङ बनाउनु पर्ने यदि यस्तो पनि सम्भब नभए जनमत संकलन गरि ६ नम्बर प्रदेशको बाघचौँर नगरपालिकामा समाबेस गनुपर्ने” बिहिबार जिनाबाङका सर्बदलिय बैठकले निकालेको प्रेस बिज्ञप्ती उल्लेख गरिएको छ ।

राजनिति दलहरुले जनताको भाबनामा हस्तक्षेप गरेरको बुद्धिजिबी मिश्रीप्रसाद डाँगीले बताए । आफुहरुले घर्तीगाँउलाई केन्द्रको रुपमा कुनै पनि हालतमा केन्द्र स्वकार नर्गने उनको भनाई छ । यदि आफ्नो माग सनुवाई नगरे चरनबद्ध आन्दोलन गर्ने संयोजक के.सीले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली