२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

बेपत्ता परिवारको बिलौना आफन्तको अवस्था कहिले थाहा पाउने ?

६ फाल्गुन २०७२, बिहीबार ०३:५६

bepatta pariwarफागुन ६, रसुवा । रसुवामा
बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगद्वारा आयोजित एक पीडित तथा सरोकारवालासँगको छलफल कार्यक्रममा
शसस्त्र द्वन्दमा आफन्त बेपत्ता भएको परिवारका आफन्तले रुँदै दश वर्षे द्वन्द अन्त्य भएको दशक बित्दा
पनि आफन्तको बारे बेखबर भएको बताएका छन् ।

राज्यबाट बेपत्ता
परिएका धैबुङ्ग गाविस–३ का २४ वर्षीय एमाओवादी कार्यकर्ता नरेन्द्रबहादुर तामाङलाई राजधानीबाट सेनाले
पक्राउ गरी तत्कालीन शाही नेपाली सेनाले २०६१ मंसिर ७ गते काठमाण्डौ कलंकीबाट गिरफ्तार गरेकोमा हालसम्म
बेपत्ता छन् ।

एकमात्र छोरा बेपत्ता भएपछि परिवार चिन्तामा
डुबेको परिवाले छोरा भेट्ने लामो प्रतिक्षामा रहेको आमा तामाङ देबलक्ष्मी तामाङले बताईन् । उनले रुँदै
भनीन् राज्यले छोराको अवस्था बारे कहिले जानकारी दिन्छ । जीउँदै छ भए चाँढै भेटाउनु प¥यो ।

बुढाबुढीका एकमात्र साहारा आफ्नो छारेरालाई पुर्व सभासद प्रेम तामाङले
माओवादी आन्दोलनमा फकाएर लगेको पनि उनले बताईन् । गरै सरकारी संस्था महासंघका गोविन्द घिमिरेले
मानवअधिकार आयोग वा जुनै पनि संस्थाले पीडितहरूका पीडा सुन्ने र घाउ बल्झाउने बाहेक कार्यक्रमहरूले कही
गर्न नसकेको बताए ।

ईन्सेकका जिल्ला प्रतिनिधी हेमनाथ खतिवडाले
मानवअधिकारकर्मीहरूले पनि पैरवी गरेर मेल मीलाप तथा बेपत्ता आयोग बने पनि नियमावली अभावमा काम हुन
नसकेको बिडम्बना भएको बताए । राज्यबाट मृत्यु भएका परिवारका शीला मगरले राज्यले बेपत्ता तथा द्वन्द
पीडित बेपत्ताको बारेमा राज्यले न्याय गर्न नसकेको बताईन् ।

द्वन्द पीडित परिवारका बालबालिकाहरू १८ वर्षको हद लगाएर शैक्षिक सहयोग गर्न नहुने बताइन् ।
उनले द्वन्द पीडित परिवारका लागी राज्यबाट प्राप्त हुने बिभिन्न किसिमका राहतमा बिभेद गर्न नहुने बताईन्
। अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकद्वारा प्रकाशित नेपाल मानवअधिकार वर्षपुस्तक, उनीहरू काहाँ छन्
भन्ने पुस्तक र विभिन्न संचार माध्यममा समेत बेपत्ताको विवरण प्रकाशित छ ।

बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगका सदस्य बिजुल बिकले एकवर्ष अघि बनेको आयोग नियमालवी
अभावमा काम थाल्न नसकेको बताए । पीडितको पक्षमा काम गर्न चाँढै नियमावली आउने र सत्य अन्वेशण तथा
सार्वजनिक गर्न आयोगले सिफरिस उनले गर्ने बताए ।

बेपत्ताको खोजी
गरी स्थिति सार्वजनिक गरी गर्न उनका परिवारले मानव अधिकारकर्मीहरूलाई पटक पटक अनुरोध गरेका छन् ।
द्वन्दको अन्त्य भएको दश वर्ष हुँदा समेत पटक पटक बनेका सरकारले वास्त नगरेको गरेको पीडितका परिवारले
बताएका छन् ।

ईन्सेकलगायत विभिन्न मानबअधिकारकर्मी संस्थाहरूले
उनको स्थिति सार्वजनिकका लागि पहल गरे पनि सरकार र सरोकारवालाहरूले वास्ता नगरेको बेपत्ताका बाबु
अमृतबहादुर तामाङले बताए । एक मात्र छोराका स्थिति अज्ञात भएको दश बर्ष बित्दा समेत कुनै जानकारी नभएको
उनले बताए । हेमनाथ खतिवडाबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने