भदौं १८, ताप्लेजुङ । ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । उक्त पहिरोमा परि एक जना वेपत्ता भएका छन् । पहिरोले दुई दर्जन बढि घरमा क्षति पुर्‍याएको छ ।

पहिरोका कारण ताप्लेजुङ नगरपालिका दुईका टिका मगरकी श्रीमति विमला मगर छो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौं १८, ताप्लेजुङ । ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । उक्त पहिरोमा परि एक जना वेपत्ता भएका छन् । पहिरोले दुई दर्जन बढि घरमा क्षति पुर्‍याएको छ ।

पहिरोका कारण ताप्लेजुङ नगरपालिका दुईका टिका मगरकी श्रीमति विमला मगर छो"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

ताप्लेजुङमा पहिरोको कारण तीनको मृत्यु, एक वेपत्ता

१८ भाद्र २०७३, शनिबार ०२:३५

भदौं १८, ताप्लेजुङ । गए रातिको भीषण वर्षासँगै माथिबाट झरेको पहिराले घर भत्किएर पुरिँदा ताप्लेजुङ नगरपालिका–२ का एकै परिवारका तीन जनाको घरभित्रै पुरिएर ज्यान गएको छ । 

अन्य क्षेत्रको पहिरामा परी एक महिला बेपत्ता भएकी छन् भने अर्की एक महिला घाइते भएकी छन् । घरभित्रै पुरिएर मृत्यु हुनेमा टीका मगरकी श्रीमती विमला, छोरा मनोज र ललित छन् । उनीहरु घरमा सुतिरहेको अवस्थामा माथिबाट पहिरो झरेर घर भत्काएको थियो । राति नै पहिराले घर भत्किएको स्थानीयवासीले थाहा पाए पनि रातको समयमा भीषण वर्षाकै कारण उद्धार हुन सकेको थिएन । उनीहरुको शव अहिले बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले निकालेको प्रजिअ चक्रपाणि पाण्डेले जानकारी दिनुभयो । 

यस्तै ताप्लेजुङ नगरपालिका–८ मा पहिरो झरेपछि भाग्ने क्रममा एक महिला बेपत्ता भएकी छन् । नाम नखुलेकी माइली सुब्बा भनेर चिनिने महिला बेपत्ता भएकी हुन् भने उनीसँगै बस्दै आएकी कान्छी सुब्बा भनेर चिनिने अर्की महिला घाइते भएकी छन् । 

पहिराका कारण त्यहाँका दर्जनौँ घरमा क्षति पुगेको छ । ठाउँ ठाउँमा पहिरो झरेपछि मेची राजमार्ग समेत अवरुद्ध बनेको छ । पहिराका कारण नगरपालिका–८ का भुवानीशङ्कर नेपाल, अग्निप्रसाद भण्डारी, टेकनाथ दाहाल, डिल्लीराम अधिकारी, राजकुमार मगर, जगतबहादुर मगर, गुरुप्रसाद विक, सोमबहादुर विक र गङ्गामाया भट्टराईको घरमा क्षति पुगेको छ । 

यस्तै नगरपालिका–२ केनिममा नेत्रप्रसाद भट्टराईसहित अन्य छ घरमा पहिराले क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् । सोही क्षेत्रमा नै पर्ने अँधेरी भन्ने ठाउँमा दुवैतर्फ पहिरो झरेपछि त्यहाँका तीन परिवार सुरक्षित स्थानमा निस्कन नसकेको बताइएको छ , 

गए राति करिब १ बजेदेखि झरेको पहिराले नगरपालिका–९ सदरमुकाम नजिकैको कफी हाउस क्षेत्रका १० घरमा समेत क्षति पु¥याएको स्थानीयवासी गणेश नेपालले बताउनुभयो । सो स्थानका बासिन्दा अहिले सुरक्षित छन् । 

पहिराले ती स्थानका बासिन्दाका गाई, भैँसी लगायत घरमा क्षति पु¥याए पनि मानवीय क्षति भएको खबर भने नआएको प्रजिअ चक्रपाणि पाण्डेले बताउनुभयो । 

पहिरोग्रस्त क्षेत्रमा पुग्न सडक अवरुद्ध रहेकाले उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली अहिले परिचालन गरिएको छ । पहिरो गएका कारण स्थानीयावासी रातभर सुरक्षित स्थानमा जाग्राम बसेका थिए । अहिले पनि त्यस क्षेत्रमा वर्षा जारी छ भने पहिरो पनि झरिरहेको स्थानीयवासीले टेलिफोन मार्फत बताएका छन् । 

उद्धार गर्न कठिनाइ भएका क्षेत्रको पहिचान गरी ती क्षेत्रमा रहेका बासिन्दा उद्धार गर्न थप उपायका बारेमा सोचिरहेको र अहिले पनि सुरक्षा निकायका सबै संयन्त्रबाट र स्थानीयवासीबाट उद्धार गर्ने कार्य जारी रहेको प्रजिअ पाण्डेको भनाइ छ । 

पहिराले धेरैका घरमा क्षति पु¥याएसँगै दर्जनौ पशु चौपाया बगाएको छ भने खेतबारी नै बगाएपछि नगरपालिकावासीमा रुवाबासी नै चलेको छ । नगरपालिका –२ र ८ का विभिन्न क्षेत्रमा अहिले वर्षा रोकिए पनि पहिरो झर्ने क्रम भने अझै नरोकिएको स्थानीयवासी रुपनारायण भट्टराईले बताउनुभयो । थप विवरण सङ्कलन भइरहेकाले क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ