Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सिद्धार्थनगरमा कांग्रेसका मेयर, एमालेको उपमेयर निर्वाचित, ५ वडामा पुरानै अनुहार

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मोहम्मद हबिब | जेठ ४, भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ ।

स्थानीय तह निर्वाचन २०७९ मा  नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका संविधान सभा सदस्य समेत रहेका इस्तियाक अहमद खान ९ हजार १३४ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीकाका उम्मेदवार पूर्व मेयर सागर प्रताप राणाले  ८ हजार १३७ मत प्राप्त गरे । २०७४ को चुनावमा हार व्योहोरेका राणा ९ सय ९७ मतान्तरले पछाडि परे । निर्वाचित खान मतगणना सुरु भएदेखि नै अग्रता लिइरहेका थिए ।

यस्तै नगरपािलको उपप्रमुखमा भने एमालेकी उमा अधिकारी निर्वाचित भएकी छन् । अधिकारीले  ८ हजार ८ सय १३ मत पाएर निर्वाचित भईन भने उनकी प्रतिद्वन्दी राप्रपाकी विनिता गुप्ताले ६ हजार ५४४ मत ल्याइन् ।

यस्तै गठबन्धनबाट उपमेयरको उम्मेदवारी पाएकी माओवादी केन्द्र की कमला थापाले ४ हजार ५ सय ९२ मत ल्याइन । पालिकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भए पनि एमालेले उपप्रमुख जितेकोे छ । १३ वडा रहेको सिद्धार्थनगरमा ४४ हजार ६ सय ५२ मतदाता छन जसमध्ये ३२ हजार ६७ जनाले मताधिकार प्रयोग गरेका थिए ।

१३ वडा मध्ये कांग्रेसले ५ वटा, एमालेले ४वटा वडामा, राप्रपाले ३ वटा र जसपाले एक वडामा विजय निकालेको छ ।

वडा नम्बर एक बाट ७ सय ५८ मत ल्याई जसपाका उज्जवल पोखरेल, दुई बाट ४ सय ४३ मत ल्याई राप्रपाका छेदीलाल श्रीवास्तव, तीनबाट ८ सय ७ मत ल्याई नारायण उपाध्याय, चारबाट ९ सय ७ मत ल्याई मुक्तिनाथ यादव, पाँचबाट २ सय ६५ मत ल्याई नेपाली कांग्रेसका पुरन प्रसाद श्रेष्ठ, छ का एक हजार १ सय ५ मत ल्याई नेपाली कांग्रेसकै विरेन्द्र नाथ श्रीवास्तव, सातबाट ५ सय ३३ मत ल्याई दामोदर शर्मा घिमिरे, र वडा नम्बर ८ बाट पनि नेपाली कांग्रेसकै राजनजँग राणा १४ सय ८४ मत ल्याई विजयी बनेका छन् ।

यस्तै वडा नम्बर ९ बाट ८ सय ९४ मत ल्याई एमालेका शेषकान्त भण्डारी, वडा नम्बर १० बाट एक हजार एक मत ल्याई एमालेका सुर्जमन अहिर, वडा नम्बर ११ बाट ४ सय ८२ मत ल्याएर एमालेका दिलीप कुमार यादव, वडा नम्बर १२ बाट ६ सय ५५ मत ल्याएर एमालेका कुमार गुरुङ र वडा नम्बर १३ बाट  सोम बहादुर गुरुङले ६ सय ९३ मत ल्याएर विजयी बनेका छन् । वडामा आएका ८ अनुहार नयाँ रहेको छ ।