२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सप्तरीको शम्भुनाथ नगरपालिका मेयरमा एकीकृत समाजवादीका जितेन्द्रप्रसाद विजयी

५ जेष्ठ २०७९, बिहीबार ०९:५७

जेठ ५, सप्तरी । शम्भुनाथ नगरपालिका मेयरमा नेकपा एकीकृत समाजवादीका जितेन्द्रप्रसाद गुप्ता कलवार निर्वाचित भएका छन्। उनले ५ हजार ३९२ मत प्राप्त गरी नगर प्रमुखमा निर्वाचित भएका हुन्।

निकटतम प्रतिद्वन्द्वी रहेका कांग्रेसका दिपेन्द्रकुमार चौधरीले ४ हजार १४३ मत प्राप्त गरेका छन्। यसअघि २०७४ को निर्वाचनमा एमालेबाट चुनाव लडेका कलवार ४४ मत अन्तरले पराजित भएका थिए। गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका योगेन्द्र चौधरीले २ हजार ७७८ मत ल्याएर गुप्तालाई पराजित गरेका थिए।

एकीकृत समाजवादीकी अनिताकुमारी चौधरी उपप्रमुखमा ४ हजार ९९८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी जल्पनाकुमार सरदारले ४ हजार २७१ मत प्राप्त गरिन्।

कांग्रेसले उपप्रमुखमा जल्पनालाई उम्मेदवार बनाएपछि गत निर्वाचनमा कांग्रेसबाट निर्वाचित उपप्रमुख कविताकुमारी सरदार लोसपाबाट उम्मेदवार बनेकी थिइन्। कविता १ हजार १८८ मत ल्याएर छैटाैं स्थानमा रहेकी छिन्।

वडा अध्यक्षमा एकीकृत समाजवादी र कांग्रेसले ५/५, जसपा र लोसपाले १/१ वडा अध्यक्षमा निर्वाचचित भएका छन् । एकीकृत समाजवादीबाट वडा नम्बर ४ मा विजयकुमार साह, ८ मा इन्द्रकान्त चौधरी, ९ मा प्रभु मलाहा, ११ मा राजकुमार साह र १२ मा सञ्जयकुमार साह वडा अध्यक्षमा निर्वाचित भएका छन्। 

यस्तै कांग्रेसबाट वडा नम्बर १ मा जिवछ साह, २ मा दुर्गानन्द भगत, ३ मा नविनकुमार चौधरी, ५ मा जामुनप्रसाद चौधरी र ६ मा सचेन्द्र प्रसाद चौधरी वडा अध्यक्ष निर्वाचित भएका छन्। वडा नम्बर ७ मा जसपाका गोपालप्रसाद चौधरी र वडा १० मा लोसपाका धर्मेन्द्र भनिने रामाकान्त मण्डल निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ