२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मत गणनास्थलमै कुटाइ खाएका घाइते शाहीको मृत्यु

२०७९, ५ जेष्ठ बिहीबार १४:२६

जेठ ५, हुम्ला | हुम्लाको खार्पुनाथ गाउँपालिका याङ्चु बगरमा मतगणना स्थलमै कुटाइ खाएका गम्भीर घाइते छत्तबहादुर शाहीको मृत्यु भएको छ । नेपालगन्जस्थित नर्सिङ होममा उपचारका क्रममा शाहीको मृत्यु भएको हो ।

गएको वैशाख ३१ गते खार्पुनाथ गाउँपालिकाको केन्द्रमा मत गणना भइरहेको बेला एक्कासी बाहिर एमाले कार्यकर्तालाई नेपाली कांग्रेसका कार्यकर्ताले हमला गर्ने क्रममा तीन जना घाइते भएका थिए ।

घाइते भएका तीन जनामध्ये उनी गम्भीर घाइते भएपछि हेलिकोप्टरबाट उपचारका लागि सुर्खेत रिफर गरिएको थियो ।

शाहीको टाउकोमा गम्भीर चोट लागेको थियो । सुर्खेतको प्रदेश अस्पतालले उपचार गर्न नसक्ने भन्दै नेपालगन्जको भेरी अस्पतालमा रिफर गरिएको थियो । तर शल्यक्रिया गर्ने उपकरण नभपछि नेपालगन्जको नर्सिङ होम पठाएको मृतक शाहीका आफन्तले जानकारी दिए ।

घाइते शाहीलाई सुर्खेतमा पनि उपचार सम्भव नभएपछि नेपालगन्जको नर्सिङ होममा उपचार गर्ने क्रममा चार दिनपछि मृत्यु भएको मृतकका छोरा सागर शाहीले बताए ।

शाहीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जनाकारी दिए । अन्य दुई जनाको भने अस्पतालमै उपचार भइरहेको छ । सोही घटनालाई लिएर नेकपा एमालेले खार्पुनाथ गाउँकमिटीले शोक विज्ञप्ति निकालेको छ ।

घटनाको यथार्थ छानबिन गरी संलग्नहरूलाई कारबाही गर्न एमालेले माग गरेको छ । मृतकका आफन्तले सो घटनामा संलग्न ९ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय हुम्लामा जाहेरीसमेत दिएका छन् । प्रहरीले जाहेरी आएको र अब घटनामा संलग्नको खोजीकार्य सुरु भएको जनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने