२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

प्रहरी सेवाबारे नागरिक सुनुवाई

७ फाल्गुन २०७२, शुक्रबार ०२:५७

फागुन ७, रसुवा । जिल्ला प्रहरी कार्यालय रसुवाको आयोजनामा विहीबार सीमा
प्रहरी पोष्ट बेत्रावतीमा नागरिक सुनुवाई कार्यक्रम भयो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख डिएसपी
अवधेश विष्ट, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, गाविस सचिव, नागरिक समाजका प्रतिनिधिहरु, सञ्चारकर्मी
र स्थानीयबासीहरुको सहभागिताको रहेको थियो ।
asनागरिक सुनुवाई कार्यक्रममा मुख्यत बेत्रावती प्रहरी पोष्ट र समग्र जिल्लामा प्रहरी
र नागरिक सेवाबीच रहेको सम्बन्धबारे छलफल गरी सुधार गर्नुपर्ने पक्षमा पृष्ठपोषण लिने र भविष्यमा सुधार
गर्दै जाने उद्देश्यका साथ नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको डिएसपी अवधेश विष्टले बताउनुभयो

नागरिक सुनुवाई कार्यक्रममा अधिकाशं सहभागीहरूले भूकम्पले
पारेको क्षति र पुनर्निर्माणमा राजनीतिक दल र सरकारले सहयोग नगरेको गुनासो गरेका थिए ।

rasuwa

बेत्रावतीका स्थानीयबासीले
बेत्रावती चौकीमा सवारी साधान नभएकाले प्रहरीले भनेजती सेवा दिन नसकेको सवाल उठाउँदै यथासक्य चाडो
जिल्ला प्रहरी कार्यालयले सोको व्यवस्थापन गरिदिन माग राखेका छन् ।
प्रहरी प्रमुख डिएसपी विष्टले
शान्ति सुरक्षा प्रमुख पक्ष भएकाले घर–घर र टोल–टोलमा शान्ति सुरक्षा कायम गराउनको लागि नेपाल प्रहरी
सदैव तयार रहेको बताउनुभयो ।

नेपाल प्रहरीको एक्लो प्रयासले
मात्र शान्ति सुरक्षा कायम गराउन, समाजमा हिंसा कम गराउन सफल नहुने भएकाले सबैले उत्तिकै सहयोग गर्न
आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली