Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चङ्खेली गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मदेवार शाही विजयी

By साझासवाल 2 मिनेट पढाइ

<p><b>जेठ ६, हुम्ला |</b> हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार&nbsp; प्यारीलाल शाही विजयी भएका छन् । उपाध्यक्षमा एकीकृत समाजवादीका प्रेमकला शाही विजयी भएकी छन्।&nbsp;<br></p><p>अध्यक्ष स्वतन्त्रबाट उठेका शाहीले १ हजार ५ सय २३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका गोविन्दबहादुर शाहीले १ हजार २० मत पाए ।</p><p>उपाध्यक्षमा समाजवादीका प्रेमकला शाहीले १ हजार २ सय ६३ मत ल्याएर विजयी भएकी हुन् । कांग्रेसका मैना बुढाले १ हजार २७ मत पाइन् ।</p>