अस्पताल विकास समितिक"/>
अस्पताल विकास समितिक"/>
भदौ १८, पर्बत । जिल्ला अस्पतालको भौतिक व्यवस्थापन तथा अस्पतालमैत्री बातबरण बनाउनको लागि उल्लेखनीय योग्दान गरेको भन्दै सिसेफ नेपालले अस्पतालका अध्यक्ष र प्रमुख डाक्टरलाई एक कार्यक्रमका विच सम्मान गरेको छ ।
अस्पताल विकास समितिका अध्यक्ष शिव प्रसाद पौडेल र कार्यालयका प्रमुख डा. फणिन्द्र बराललाई सिसेफ नेपालले सम्मान गरेको हो । अस्पताललको भौतिक संरचना निर्माणमा उल्लेखनीय योग्दान पु¥याएकोमा अध्यक्ष पौडेल र जिल्लामा पहिलो पटक अप्रेशन सेवा सहितको हाइड्रोशिल तथा प्रसुती सेवा संचालन गरेको भनी डा. बराललाई सम्मान गरिएको हो ।
संस्थाका अध्यक्ष थमनारयण पौडेलको अध्यक्षमा भएको कार्यक्रमको संचालन सचिव निशा गुरुङले गरेकी थिइन ।