भदौ १८, पर्बत । जिल्ला प्रहरी कार्यालय पर्वतमा सरुवा भई आएका डिएस्पी शेखर खनाल र विदाइ भएकी गंगा पन्तले एकले अर्कोलाई स्वागत र विदाइ गरेका छन् । शुक्रबार उद्योग बाणिन्य संघ पर्वतले आयोजना गरेको विदाई तथा स्वागत कार्यक्रममा डिएपीले एकले अर्कालाई स्वा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, पर्बत । जिल्ला प्रहरी कार्यालय पर्वतमा सरुवा भई आएका डिएस्पी शेखर खनाल र विदाइ भएकी गंगा पन्तले एकले अर्कोलाई स्वागत र विदाइ गरेका छन् । शुक्रबार उद्योग बाणिन्य संघ पर्वतले आयोजना गरेको विदाई तथा स्वागत कार्यक्रममा डिएपीले एकले अर्कालाई स्वा"/>
२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

डिएस्पीद्धारा डिएस्पीको स्वागत र विदाई

१८ भाद्र २०७३, शनिबार ०५:४९

भदौ १८, पर्बत । जिल्ला प्रहरी कार्यालय पर्वतमा सरुवा भई आएका डिएस्पी शेखर खनाल र विदाइ भएकी गंगा पन्तले एकले अर्कोलाई स्वागत र विदाइ गरेका छन् । शुक्रबार उद्योग बाणिन्य संघ पर्वतले आयोजना गरेको विदाई तथा स्वागत कार्यक्रममा डिएपीले एकले अर्कालाई स्वागत र विदाई गरेका हुन । 

प्रनाउ पन्तले खनाललाई जिल्लामा स्वागत गर्दै जिल्लामा नागरिकसँग समन्वय गरी अगाडी बढ्न सुझाई । उनले जिल्लामा एक बर्षको अन्तरालमा आफुले धेरै साथ र सहयोग पाएका कारण यो अबस्थामा आइपु्गेको बताइन । प्रनाउ पन्तले जिल्लामा रहुँन्जेल जिल्लामा नागरिक र पत्रकारको सहयोग र साथ बढि पाएको र आफुलाई स्मरण योग्य हुने बताइन । 

उवासंघले जिल्लाको शान्ति सुरक्षा र विकासको लागि सहयोग गरेता पनि केहि कुरामा भने बार्गेनिङ गरेको संकेत गरिन तर त्यसलाई्र भने खुलाउन चाहिनन् । उनले नागरिकको साथमा रहेका कहिल्यैपनि पछि पर्न नपर्ने र सवैको लोकप्रिय हुने भन्दै खनाललाई आफ्नो कार्यकाललाई सफल बनाउनको लागि शुभकामना दिइन । 

त्यस्तै खनालले पनि पन्तलाई विदाई गर्दै आफुले जिल्लाको शान्ति सुरक्षाको लागि लागि पर्ने बताए । पन्तको बारेमा केन्द्रसम्म चर्चा सुनिएको भन्दै्र खनालले जिल्लाको विकास र शान्ति सुरक्षाको लागि कसैसँग सम्झौता नगरी लाग्ने बताए । खनालले पन्तले जिल्लामा भएको रोगको पहिचान गरेको भन्दै आफुले अब त्यो रोगलाई समाप्त पार्ने जिकिर गरे । खनालले जिल्लाको हितको लागि आफुले पन्तले चलाएको डे«नलाई निरन्तरता दिने बताए ।

उवासंघ पर्वतका अध्यक्ष हरिओम शर्मा लामिछानेले जिल्लाको विकास र उद्योगको हक हित र शान्ति सुरक्षाको लागि जिप्रका पर्वतले ठूलो सहयोग गरेको बताए । उनले जिल्लामा भर्खरमात्र आएका डिएपी खनालको स्वागत र डिएपी पन्तको विदाई गरेका थिए । कार्यक्रममा उवासंघका पदाधिकारी, पत्रकार तथा व्यापारीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता