२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

मेलमिलाप कार्यक्रम सम्पन्न

२२ फाल्गुन २०७२, शनिबार ०९:३३

melmilapफागुन २२, रसुवा । प्राकृतिक श्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालले रसुवा जिल्लामा
संचालन गरेको सामुदायिक मेलमिलाप कार्यक्रमको जिल्ला स्तरीय अभिमुखिकरण गोष्ठी आज प्रमुख जिल्ला अधिकारी
श्री शिबराम गेलालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

प्रत्येक गाबिसलाई आफ्नो कार्यक्षेत्र बनाएको केन्द्रले गत बैसाख १२ गते गएको महाँभुकम्प पछि
समुदाय स्तरमा उत्पन्न हुने विवादलाई समुदाय स्तरमा नै समाधान गरि दिगो शान्ति स्थापना गर्ने उद्देश्यले
कार्यक्रम संचालन गरेको छ ।

जिल्ला अदालतका श्रेस्तेदार ढाकराम
पौडेलले सामुदायिक मेलमिलाप कार्यक्रम र यसको कानुनी ब्यबस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको
थियो । कार्यक्रममा प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सहित जिल्लाका बिषयगत निकायका ३५ जना
सहभागीहरुको उपस्थिती रहेको थियो ।

जिल्लाका बार्ताकार बलराम
घिमिरेले संचालन गर्नु भएको कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका कार्यक्रम संयोजक श्री उद्धबप्रसाद
अधिकारीले स्वागत मनतब्य राखेका थिए । प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालका राष्ट्रीय
श्रोत ब्यक्ति नेत्र धितालले संस्थाको चिनारी र कार्यक्रमको बारेमा आफ्नो प्रस्तसती गरेका थिए

रसुवा जिल्लामा हालसम्म यस कार्यक्रले गरेका गरिबिधिहरु र
भाबी कार्ययोजनाको प्रस्तुती जिल्ला कार्यक्रम संयोजक उज्ज्वल आचार्यले गरेका थिए । कार्यक्रममा प्रमुख
जिल्ला अधिकारी गेलालले यस सामुदायिक मेलमिलाप कार्यक्रमलाई सबै सरोकारवाला निकायहरुले सहयोग गर्नु
पर्ने कुरामा जोड दिनुभयो । गेललाले आयोजक संस्थालाई तयार गरिएका मेलमिलापकर्ताहरुलाई दक्ष बनाएर मात्र
कार्यक्षेत्रमा पठाउनका लागी सुझाब दिनुभएको छ ।

यस मेलमिलाप
कार्यक्रमलाई दिगो रुपमा संचालन गर्नका लागी भोलीका दिनहरुमा दातृ निकायको मुख मात्र नताकी स्थानिय
स्तरमा नै गाबिसबाट श्रोत जुटाएर यस अभियान सफल पार्नु पर्नृे कुरामा प्रमुख जिल्ला अधिाकरीले जोड
दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ