2026-06-30 07:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

मेलमिलाप कार्यक्रम सम्पन्न

melmilapफागुन २२, रसुवा । प्राकृतिक श्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालले रसुवा जिल्लामा
संचालन गरेको सामुदायिक मेलमिलाप कार्यक्रमको जिल्ला स्तरीय अभिमुखिकरण गोष्ठी आज प्रमुख जिल्ला अधिकारी
श्री शिबराम गेलालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

प्रत्येक गाबिसलाई आफ्नो कार्यक्षेत्र बनाएको केन्द्रले गत बैसाख १२ गते गएको महाँभुकम्प पछि
समुदाय स्तरमा उत्पन्न हुने विवादलाई समुदाय स्तरमा नै समाधान गरि दिगो शान्ति स्थापना गर्ने उद्देश्यले
कार्यक्रम संचालन गरेको छ ।

जिल्ला अदालतका श्रेस्तेदार ढाकराम
पौडेलले सामुदायिक मेलमिलाप कार्यक्रम र यसको कानुनी ब्यबस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको
थियो । कार्यक्रममा प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सहित जिल्लाका बिषयगत निकायका ३५ जना
सहभागीहरुको उपस्थिती रहेको थियो ।

जिल्लाका बार्ताकार बलराम
घिमिरेले संचालन गर्नु भएको कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका कार्यक्रम संयोजक श्री उद्धबप्रसाद
अधिकारीले स्वागत मनतब्य राखेका थिए । प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालका राष्ट्रीय
श्रोत ब्यक्ति नेत्र धितालले संस्थाको चिनारी र कार्यक्रमको बारेमा आफ्नो प्रस्तसती गरेका थिए

रसुवा जिल्लामा हालसम्म यस कार्यक्रले गरेका गरिबिधिहरु र
भाबी कार्ययोजनाको प्रस्तुती जिल्ला कार्यक्रम संयोजक उज्ज्वल आचार्यले गरेका थिए । कार्यक्रममा प्रमुख
जिल्ला अधिकारी गेलालले यस सामुदायिक मेलमिलाप कार्यक्रमलाई सबै सरोकारवाला निकायहरुले सहयोग गर्नु
पर्ने कुरामा जोड दिनुभयो । गेललाले आयोजक संस्थालाई तयार गरिएका मेलमिलापकर्ताहरुलाई दक्ष बनाएर मात्र
कार्यक्षेत्रमा पठाउनका लागी सुझाब दिनुभएको छ ।

यस मेलमिलाप
कार्यक्रमलाई दिगो रुपमा संचालन गर्नका लागी भोलीका दिनहरुमा दातृ निकायको मुख मात्र नताकी स्थानिय
स्तरमा नै गाबिसबाट श्रोत जुटाएर यस अभियान सफल पार्नु पर्नृे कुरामा प्रमुख जिल्ला अधिाकरीले जोड
दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ