२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

चुनाव नजित्दै पाेखरा महानगर मेयर उम्मेद्‌वार धनराजले मागे संघबाट बजेट

१० जेष्ठ २०७९, मंगलवार ०७:१७

जेठ १०, पाेखरा | एमालेकाे गढ मानिएका पाेखरा महानगरका वडाहरूमा गणना चलिरहेकाे थियाे । १५, १६, १७, २१ र ३३ लगायत वडाहरूमा करिब दाेब्बर मतले यसअघि एमालेले जितेका थिए । ती वडामा आइपुग्नुअघि केही मतले मात्र गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार धनराज आचार्यले अग्रता लिएका थिए । सबैकाे ध्यान यिनै वडाहरुमा थिए, कि यहाँबाट एमालेले लिड गरे चुनाव जे पनि हुन सक्छ । यस्तै अन्याेलका बीच गठबन्धनका मेयर उम्मेद्वार धनराज आचार्य आइतबार काठमाडाैं गए । पाेखराका प्रमुख याेजनाहरू संघ सरकारलाई बुझाए । 


विशेषगरी ल्याण्डफिल साइट स्थानान्तरण गर्न उनकाे माग छ । निर्माणाधीन पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न ल्याण्डफिल हटाउनुपर्ने पहिलाे सर्त छ । अघिल्लाे जनप्रतिनिधिले ५ वर्षे कार्यकालमा गर्न नसकेकेा ल्याण्डफिल सार्ने याेजनामा अहिले गठबन्धन उम्मेद्वारले पहिलाे चासाे दिए ।

त्यहाँबाट ल्याण्डफिल सारेर आवश्यक बजेट मागेकाे एकीकृत समाजवादीका आचार्यले बताए । `पाेखराकाे प्रमुख चिन्ता ल्याण्डफिल हाे । याे सार्नुपर्छ,´ उनले भने, `अहिले संघ सरकारले बजेट बनाउँदै छ। यही वर्ष बजेट नहाले ढिलाे हुन्छ । त्यसैले अर्थमन्त्रीसँग आग्रह गरेर आएकाे छु ।´ 

उनले पाेखरालाई पर्यटकीय राजधानी घाेषणाकाे माग राखेर आएका छन् । `पाेखरा पर्यटनकाे राजधानी हाे । माैखिक रुपमा सबैले भनेका छन्, तर आधिकारिक घाेषणा किन नगर्ने ?´ उनी भन्छन्, `यसपालि नीति तथा कार्यक्रममा याे एजेण्डा राख्नुपर्छ भनेकाे छु । सायद सम्बाेधन हुन्छ ।´

पाेखरामा मतगणना जारी छ । अब तीन हजार मत गन्न बाँकी छ । चुनाव जित्ने पक्का भएकै कारण आफू काठमाडाैं पुगेर बजेट छुट्याउन आग्रह गरेकाे उनले बताए । आचार्यले अहिले चुनाव जितिसकेका छन् । गणना गर्न बाँकी मतभन्दा उनकाे अग्रता बढी भएपछि चुनाव जितेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन