६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

पुनर्निर्माण तथा न्यानो राहत ढिलाई भएकोमा भूकम्प पीडित आक्रोशित

२६ फाल्गुन २०७२, बुधबार ०५:२७

rasuwaफागुन २६, रसुवा ।
विनाशकारी भूकम्प पछिको पुनर्निर्माण तथा न्यानो राहत ढिलाई भएकोमा भूकम्प पीडित आक्रोशित भएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ०७२ फागुन ८ गते रसुवाको धैबुङ्ग गाविस –९ जिबजिबे
स्थित नीलकण्ठ नमुना उच्चमाविमा भूकम्प पीडित राहत तथा पुनस्र्थापना सम्बन्धमा राज्य तथा सरोकारवालाले
गरेका कार्यबारे सार्वजनिक सुनुवाई कार्यक्रममा सरकारले आशा देखाएर नागरिले आफ्नै सुरले आवास निर्माण
गर्न नपाएको गुनासो गरे ।

नीलकण्ठ उच्च माध्यामिक विदलयका प्राचार्य नारायणप्रसाद देवकोटाको
अध्यक्षता भएको उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यलय प्रमुख अवदेश विष्ट , जिल्ला विकास
सूचना अधिकृत लीलानाथ नेपाल , जिबजिबे प्राथमिक स्वास्थ केन्द्रका अणप्रसाद पौडेल, महिला अधिकार मञ्चका
मिठू तामाङ र स्थानीयवासीको उपस्थित रहेको थियो ।

ईन्सेकका प्रतिनिधी तथा पत्रकार हेमनाथ
खतिवडाद्धारा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अबदेश
बिष्टले आफु रसुवा आएको पाँच महिनाको अवधिमा पहिलो पल्ट गाउँमा नागरिकहरूसँग साक्षात्कार गर्ने मौका
दिएकोमा ईन्सेकलाई धन्यवाद दिए ।

भूकम्पले ध्वस्त रसुवागढी, लाङटाङ जस्ता पर्यटकीय सम्भावना
बोकेका क्षेत्रहरू पुर्नर्निमाण हुने बताए । पर्यटकीय विकासका सम्भावना रहेको भए जिल्ला विकासमा पनि पछि
परेको बताए । धेरै समृद्ध हुनु पर्ने उनले बताए । भूकम्पले क्षती पुगे पनि केरुङनाकाले गर्दा विकासको
सम्भावना बढेको छ । जल विद्युत विकासबाट जिल्लालाई चिनाउन सवैले बिकृति बिसंगती र अपराधिक घटनाहरूको
न्युनीकरण गरी सकरात्मक सोचले विकास गर्न सकिने बताए । शान्ति सुरक्षा बिना कुनै पनि विकासका सम्भावना
नहुने हुनाले सवैले सचेत हुनु पर्ने बताए । जिल्ला सुरक्षित गर्न आफु सदैव तल्लीन रहने तर अशल नागरिकको
सदैव सकरात्मक सहयोग आवश्यक रहेको बताए ।

जिल्ला विकास समितिका सूचना अधिकृत लीलानाथ नेपालले १०
महिना बित्दा पनि नागरिकले त्रिपाल र जस्ताको छाप्रामा दुख भोग्नु परेको बताए । उनले धेरै घरधुरी बढाएर
गैर भूकम्प पीडितले राहत लिएकोले धैबुङ्ग गाविसमा न्यानो १० हजार रुपियाँ बितरणमा ढिलाई भए पछि गाविसको
खातामा जम्मा भएको बताए । उनले सवैका लागी हालै केन्द्रीय तथ्यांक बिभागबाट आएका प्राबिधिकहरूले एक घरमा
कम्तीमा ४० मिनेट लगाएर सुचना लिने भएकोले बताए । सरकारले चाँढै रसुवामा ११ वटा टोली खटाउने र सर्वे
सकिए पछि बैशाख १२ देखि पुनर्निर्माण थालनी गर्ने उनले बताए ।

अधिकृत नेपालले जिल्ला दैवी प्रकोप
उद्धार समितिले धैबुङ्ग, धुन्चे र स्याफ्रु गाविस सहरी तथा भवन डिभिजन कार्यालयले ईन्जिनियर खटाउन
लागेको तर ११ जना ईन्जिनियर माग भएको र नआएको उनले बताए ।

कार्यक्रममा उपस्थित नागरिकहरूले
राज्यले भूकम्प पीडितका लागी दिने न्यानो राहत १० हजार रुपियाँ बितरण अझैसम्म नभएको भूकम्प गएको १ वर्ष
वित्न लाग्दा पनि सरकारले उपलब्ध गराउने भनिएको नक्सा तथा २ लाख रुपैयाँ र पुर्ननिर्माण प्रक्रियामा
ढिलाई भएको गुनासो गरे ।

स्थानीय शिक्षक अर्जुन देवकोटाले सर्वे गर्न आएका प्राबिधिकले एक वडामा
१५दिनमा पनि नसकेको कति वर्षमा प्राबिधिक सर्वे हुन्छ भन्ने प्रश्न गर्दै १५ हजार राहत छुटेकाहरूले कसरी
पुर्ननिर्माणमा सहभागी हुन पाउछन् ? भन्ने प्रश्न गरे ।

स्थानीय
साधुराम पौडेलले पुनः दोहो¥याएर प्राबिधिक किन आएको रेकर्डका लागी मात्र हो कि ? काम गर्न हो ? जस्ता
तथा त्रिपाल हुरीले च्यातेर उढाउन लाग्यो कसरी बाँच्ने उनले भने ।

धैबुङ्ग गाविस –७ का कृष्णबहादुर मोक्तानले जिल्लाका केही पक्की घर नढलेकाहरुले पनि राहत
पाएको तर बास्तविक पीडितहरु छुटेको बताए । राज्यले धैबुङ्गमा अझै न्यानो राहत बितरण गर्न नसकेको बताए ।
कति पय बिस्थापित क्याम्पमा खानेकुरा तथा पिउने पानी अभाव भएको बताए ।
ईन्सेकका रसुवा जिल्ला
प्रतिनिधी हेमनाथ खतिवडाद्वारा सञ्चालित सुनुवाईमा उनले आम नागरिकहरूले गरेको प्रश्न तथा सुझावका आधारमा
जिल्लामा भएका राहत उद्दार तथा पुनस्र्थापनाको अवस्थाबारे तथा अबको पुनर्निर्माण बारे आएका सुझावहरू र
जिल्लाको अवस्था बारे ईन्सेकमा प्रतिवेदन गर्ने र ईन्सेक केन्द्रीय कार्यालयले राज्यको उच्च निकायमा
यहाँको अवस्थाबारे ध्यानाकषर्ण गर्ने छ ।

लुम्बन्ती तथा कोरएडले लहरेपौवा र धैबुङ्ग गाविसमा आवास
निर्माणमा सहयेग गर्ने कोरएडका रमेश आचार्यले बताए । वडा नागरिक मञ्चका अध्यक्ष खिलप्रसाद आचार्यले
गाउँमा राहत नपठाएको भन्दै मार्ने धम्की समेत आएको बताए । उनले १५ हजार छुटेकाहरुले पाउनु पर्ने बताउँदै
१७ गाविसमा न्यानो राहत बितरण गरेको २ महिना बित्दा समेत धैबुङ्ग गाविसमा अझै बितरण नभएको बताए

धैबुङ्ग गाविस ९ की पुतली तामाङले महिलावर्ग रोजगारीका समस्या देखिएको बताए । महिलाहरु
सुत्केरी, बालबालिका र जेष्ठ नागरिकहरू समस्यामा रहेको बताउँदै हावाहुरीको मौसम सुरुभएकोले आवास
निर्माणमा ढिलो भएको बताए । कतै राहतको चामल कुहिएको छ भने कतै खान नपाएर मर्ने अवस्था देखिएको उनले
बताईन् ।

स्थानीय खडकबहादर तामाङले सरकारले आवास निर्माणका लागी २
लाख र ३ लाख पाउने आशा मात्र देखाएको बताए । आज मेरे भोली ओखती भने जस्तो मात्र भो उनले भने कहिलेसम्म
हाम्रो घर बन्छ ?

कार्यक्रममा स्थानीय नीलकण्ठ उच्च माविका प्राचार्य नारायण देवकोटाले विद्यालय
भवनको दुराअवस्था रहेको बिभिन्न संस्थाले हरेर आश्वासन दिएपनि बास्ता नगरेको बताए । एसएलसी केन्द्र रहने
विद्यालयको भवन शौचालय र पानीको निकै अभाव रहेको बताए । सहभागीहरुले राज्यबाट राहत तथा पुनर्निर्माणको
काममा ढिलाइ भएकोले पीडितहरु अझै थप प्रकोपको पीडामा पर्ने बताए ।

कार्यक्रममा स्थानीय गगनराज
देवकोटा, भूमिअभियानकर्मी, सुष्मा न्यौपाने, महिला अधिकारकर्मी मीठू तामाङले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप