Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

2026-10-23 01:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महिलालाई उद्धमी बनाउने ‘प्रोजेक्ट लन्च बक्स’ उद्घाटन


भदौ १८, ललितपुर | अमेरिका राजदुतावास युवा परिषद २०१५ को सहयोग र दायित्वको सहकार्यमा गृहिणी महिलाहरुलाई उध्यमी बनाउने उध्यश्यले 'प्रोजेक्ट लन्च बक्स' उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । 

सनिबार ललितपुरको बाडेगाउँ स्थित बुद्ध उच्च माविमा सचेत कृषि सहकारी संस्थाको आयोजनामा भएको उक्त कार्यक्रममा स्थानीय महिलाहरुको बाक्लो सहभागिता देखिन्थ्यो । 'भान्सादेखि उद्धमसम्म महिला' भन्ने नारामा सुरु भएको उक्त प्रोजेक्टले बाडेगाउँका स्थानीय महिलाहरुलाई उद्धमीको रुपमा बिकास गर्ने प्रोजेक्टमा संलग्न कविता चापागाईले बताईन । चापागाईको अनुसार उक्त प्रोजेक्टमा प्रोजेक्ट सदस्यहरुले एक बर्षसम्म सहकार्य गर्नेछन् र पछी स्थानीय महिलाहरुले उक्त कामको निरन्तरता दिनेछन् । उक्त प्रोजेक्टले स्थानीय स्तरमा संचालित कार्यालय तथा निकायहरुलाई स्वस्थ र सफा परिकारहरु माग बमोजिम वितरण गर्नेछ ।

कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका कार्यकारी अध्यक्ष रोम बहादुर महतले महिलालाई उद्धमीको रुपमा बिकास गर्ने 'प्रोजेक्ट लन्च बक्स' कार्यक्रमलाई आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्ति गरे । लन्च बक्स उद्घाटनको प्रमुख अथितिको रुपमा रहेका उनले यो प्रोजेक्ट बाडेगाउँमा सफल रुपमा अगाडी बढेको खण्डमा त्यसको सिको अरुले पनि गर्ने भन्दै यस्तो खाले प्रभावकारी कार्यक्रममा सक्रिय सहभागी हुन कार्यक्रममा उपस्थित महिलाहरुलाई हौस्याए । 


त्यस्तै कार्यक्रममा बोल्दै सचेत कृषि सहकारी संस्थाकि अध्यक्ष पार्वती श्रेष्ठले प्रोजेक्ट लन्च बक्सको परिकार खान चाहनेहरुले मुखलाई मिठो लाग्ने स्वाद भन्दा पनि सरिरलाई फाइदा पुग्ने खालको खाने कुरा खानुपर्ने बताइन । उनले भनिन् – 'स्वास्थ्यको लागि यो प्रोजेक्टले दिने खाना निकै स्वस्थ, सफा र ताजा हुनेछ । स्वस्थ  परिकार बनाउने  क्रममा स्वादमा भने 'कम्प्रमाइज' गर्नुस् ।' 


त्यस्तै कार्यक्रममा बोल्दै अमेरिकी राजदुतावासकि सुचना अधिकारी इन्सेक स्टेन्ह्यामले नेपालमा महिला सशक्तिकारणको लागि भएको उपयोगी प्रोजेक्टमा अमेरिकी राजदुतावासमार्फत सहयोग गर्न पाउँदा खुसि लागेको बताइन । उनले यो प्रोजेक्टमा बिशेष भूमिका खेल्ने अमेरिका राजदुतावास युवा परिषद २०१५ अन्तर्गतका सदस्यहरुलाई समेत धन्यावाद दिइन । प्रोजेक्ट उद्घाटन पछी सनिबार दर खाने दिन तथा तीजको अवसर परेकाले स्टेन्ह्याम स्थानीय महिलाहरुसंग छमछम नाचेकी थिइन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने