पढ्न करिब 2 मिनेट लाग्छ

भदौ १८, ललितपुर | अमेरिका राजदुतावास युवा परिषद २०१५ को सहयोग र दायित्वको सहकार्यमा गृहिणी महिलाहरुलाई उध्यमी बनाउने उध्यश्यले 'प्रोजेक्ट लन्च बक्स' उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

सनिबार ललितपुरको बाडेगाउँ स्थित बुद्ध उच्च माविमा सचेत कृषि सहकारी संस्थाको आयोजनामा भएको उक्त कार्यक्रममा स्थानीय महिलाहरुको बाक्लो सहभागिता देखिन्थ्यो । 'भान्सादेखि उद्धमसम्म महिला' भन्ने नारामा सुरु भएको उक्त प्रोजेक्टले बाडेगाउँका स्थानीय महिलाहरुलाई उद्धमीको रुपमा बिकास गर्ने प्रोजेक्टमा संलग्न कविता चापागाईले बताईन । चापागाईको अनुसार उक्त प्रोजेक्टमा प्रोजेक्ट सदस्यहरुले एक बर्षसम्म सहकार्य गर्नेछन् र पछी स्थानीय महिलाहरुले उक्त कामको निरन्तरता दिनेछन् । उक्त प्रोजेक्टले स्थानीय स्तरमा संचालित कार्यालय तथा निकायहरुलाई स्वस्थ र सफा परिकारहरु माग बमोजिम वितरण गर्नेछ ।

कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका कार्यकारी अध्यक्ष रोम बहादुर महतले महिलालाई उद्धमीको रुपमा बिकास गर्ने 'प्रोजेक्ट लन्च बक्स' कार्यक्रमलाई आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्ति गरे । लन्च बक्स उद्घाटनको प्रमुख अथितिको रुपमा रहेका उनले यो प्रोजेक्ट बाडेगाउँमा सफल रुपमा अगाडी बढेको खण्डमा त्यसको सिको अरुले पनि गर्ने भन्दै यस्तो खाले प्रभावकारी कार्यक्रममा सक्रिय सहभागी हुन कार्यक्रममा उपस्थित महिलाहरुलाई हौस्याए ।

त्यस्तै कार्यक्रममा बोल्दै सचेत कृषि सहकारी संस्थाकि अध्यक्ष पार्वती श्रेष्ठले प्रोजेक्ट लन्च बक्सको परिकार खान चाहनेहरुले मुखलाई मिठो लाग्ने स्वाद भन्दा पनि सरिरलाई फाइदा पुग्ने खालको खाने कुरा खानुपर्ने बताइन । उनले भनिन् – 'स्वास्थ्यको लागि यो प्रोजेक्टले दिने खाना निकै स्वस्थ, सफा र ताजा हुनेछ । स्वस्थ परिकार बनाउने क्रममा स्वादमा भने 'कम्प्रमाइज' गर्नुस् ।'

त्यस्तै कार्यक्रममा बोल्दै अमेरिकी राजदुतावासकि सुचना अधिकारी इन्सेक स्टेन्ह्यामले नेपालमा महिला सशक्तिकारणको लागि भएको उपयोगी प्रोजेक्टमा अमेरिकी राजदुतावासमार्फत सहयोग गर्न पाउँदा खुसि लागेको बताइन । उनले यो प्रोजेक्टमा बिशेष भूमिका खेल्ने अमेरिका राजदुतावास युवा परिषद २०१५ अन्तर्गतका सदस्यहरुलाई समेत धन्यावाद दिइन । प्रोजेक्ट उद्घाटन पछी सनिबार दर खाने दिन तथा तीजको अवसर परेकाले स्टेन्ह्याम स्थानीय महिलाहरुसंग छमछम नाचेकी थिइन ।