<p><b>जेठ १३, चितवन | </b>चितवनको खैरहनी नगरपालिकामा श्रीमानले श्रीमतीलाई कोठामा बन्दक बनाई कुटपिट गरी पाठेघर निकालीदिएका छन् ।<br></p><p>खैरहनी नगरपालिका–१० मुसहरवस्तीका रामचन्द्र माझीले बिहीबार राति आफ्नी श्रीमतीको पाठेघर निकालिएका हुन् । श्रीमतीलाई कोठाभित्र थुनेर बन्दक बनाइ कुटपिट गरि गुप्ताङ्गमा हात हालेर पाठेघर निकालिदिएको प्रहरीले बताएको छ।</p><p>कुटपिटबाट घाइते श्रीमतीलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ। आरोपित रामचन्द्रलाई पक्राउ गरी अनुसन्धान गर्ने काम भइरहेको ईलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख अनोज विश्वकर्माले जानकारी दिए । घटनापछि स्थानीयले रामचन्द्रलाई समातेर प्रहरीलाई बुझाएका थिए । </p>
चितवनमा श्रीमानले श्रीमतीलाई कुटपिट गरी पाठेघर निकाले
