Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलोमा एलपी ग्यास बोकेको बुलेटमा आगलागी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ १३, चितवन | नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा तीन दिनदेखि रोकिराखेको ग्यास बोकेको बुलेटमा आगलागी भएको छ । बुलटेको अगाडिको भाग र पांग्रा जलेर नष्ट भए पनि ग्यास भने सुरक्षित छ ।

आज दिउँसो करिब १२ः५० बजेको समयमा युपी १७ए टी८६२७ नम्बरको बुलेटमा आगलागी भएको हो । भरतपुर महानगरपालिकाको दुई र नेपाली सेनाको एउटा दमकलले आगो निभाइएको हो । बुलेटमा लागेको आगोले बिजुलीको तार तातेर लत्रिएपछि एउटा पोल सडकमा ढलेको थियो ।

पोल हटाएर बाटो सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्त नरहरि अधिकारीले जानकारी दिए । आगलागीबाट मानवीय क्षति भने नभएको उनले बताए ।

उक्त ग्यास बुलेट भारतको उडिसास्थित पैरवी ग्यास कम्पनीबाट धादिङस्थित श्रीराम ग्यास उद्योगको लागि ग्यास बोकेर आएको उनले बताए । बुलेटको ब्रेक फेल भएपछि सडक छेउमा रोकेर राखिएको हो ।