नन्दराम जैशी | भदौ १९, जुम्ला | जुम्ला गोठिचौर ६ कुडिँ गाँउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | भदौ १९, जुम्ला | जुम्ला गोठिचौर ६ कुडिँ गाँउ"/>
२०८२, ४ फाल्गुन सोमबार
जुम्ला - JML

बाल विकास केन्द्र निर्माणका लागि निशुल्क जग्गा दान

२०७३, १९ भाद्र आईतवार ०४:१७

नन्दराम जैशी | भदौ १९, जुम्ला | जुम्ला गोठिचौर ६ कुडिँ गाँउका तिल बहादुर बुढाले गाँउमा बाल विकास केन्द्र निर्माणका लागि निशुल्क १ हजार क्षेत्रफल जग्गा दान गर्नु भएको छ । जग्गा अभावका कारण गाँउमा लामो समयदेखि निर्माण हुन नसकेको ओग्रेनि बाल विकास केन्द्र निर्माणका लागि उहाले निशुल्क १ हजार क्षेत्रफल जग्गा दान गर्नु भएको हो ।

स्वर्गिय आमा गोइलि र बुवा सुकदेब बुढाको सम्झनामा उहाले बाल विकास केन्द्र निर्माणका लागि १ हजार क्षेत्रफल जग्गा केन्द्रकै नाममा पास गरीदिनु भएको बाल विकास केन्द्रका अध्यक्ष लाल बहादुर बोहोराले बताए । २०६६ सालमा गाँउमा स्थापना भएको बाल विकास केन्द्रमा हाल २५ जना बालबालिकाले अध्ययन गरीरहेको शिक्षिका पार्बति बोहोराले जानकारी दिइन् ।

 ९५ घरधुरी रहेको गाँउबाट अन्य विद्यालयमा अध्ययनका लागि जाँदा बालबालिकालाइ २ घण्टाको पैदल यात्रा हिड्नु पर्ने बाध्यता छ । जग्गादाता तिल बहादुर बुढाले निशुल्क जग्गा दान गरेपछि अबको केहि महिनाभित्र गाँउमा बाल विकास केन्द्र निर्माण गरीने केन्द्रका अध्यक्ष लाल बहादुर बोहोराले बताए ।

 यसै आर्थिक बर्षभित्र बाल विकास केन्द्र निर्माणका लागि सिडिपि जुम्लाद्धारा सहयोग तथा आयोजनाको निर्माण कार्य संचालन हुने उनको भनाइ छ । हाल काठको अस्थायि टहराबाट अध्यापन भैरहेको ओग्रेनि बाल विकास केन्द्र निर्माणका लागि निशुल्क जग्गा दान भएपछि स्थानियबासिले जग्गादातालाइ धन्यबाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने