नन्दराम जैशी | भदौ १९, जुम्ला | जुम्ला गोठिचौर ६ कुडिँ गाँउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | भदौ १९, जुम्ला | जुम्ला गोठिचौर ६ कुडिँ गाँउ"/>
२८ मंसिर २०८२, शनिबार
जुम्ला - JML

बाल विकास केन्द्र निर्माणका लागि निशुल्क जग्गा दान

१९ भाद्र २०७३, आईतवार ०४:१७

नन्दराम जैशी | भदौ १९, जुम्ला | जुम्ला गोठिचौर ६ कुडिँ गाँउका तिल बहादुर बुढाले गाँउमा बाल विकास केन्द्र निर्माणका लागि निशुल्क १ हजार क्षेत्रफल जग्गा दान गर्नु भएको छ । जग्गा अभावका कारण गाँउमा लामो समयदेखि निर्माण हुन नसकेको ओग्रेनि बाल विकास केन्द्र निर्माणका लागि उहाले निशुल्क १ हजार क्षेत्रफल जग्गा दान गर्नु भएको हो ।

स्वर्गिय आमा गोइलि र बुवा सुकदेब बुढाको सम्झनामा उहाले बाल विकास केन्द्र निर्माणका लागि १ हजार क्षेत्रफल जग्गा केन्द्रकै नाममा पास गरीदिनु भएको बाल विकास केन्द्रका अध्यक्ष लाल बहादुर बोहोराले बताए । २०६६ सालमा गाँउमा स्थापना भएको बाल विकास केन्द्रमा हाल २५ जना बालबालिकाले अध्ययन गरीरहेको शिक्षिका पार्बति बोहोराले जानकारी दिइन् ।

 ९५ घरधुरी रहेको गाँउबाट अन्य विद्यालयमा अध्ययनका लागि जाँदा बालबालिकालाइ २ घण्टाको पैदल यात्रा हिड्नु पर्ने बाध्यता छ । जग्गादाता तिल बहादुर बुढाले निशुल्क जग्गा दान गरेपछि अबको केहि महिनाभित्र गाँउमा बाल विकास केन्द्र निर्माण गरीने केन्द्रका अध्यक्ष लाल बहादुर बोहोराले बताए ।

 यसै आर्थिक बर्षभित्र बाल विकास केन्द्र निर्माणका लागि सिडिपि जुम्लाद्धारा सहयोग तथा आयोजनाको निर्माण कार्य संचालन हुने उनको भनाइ छ । हाल काठको अस्थायि टहराबाट अध्यापन भैरहेको ओग्रेनि बाल विकास केन्द्र निर्माणका लागि निशुल्क जग्गा दान भएपछि स्थानियबासिले जग्गादातालाइ धन्यबाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ