२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

हावाहुरी प्रभावितलाई तत्काल त्रिपाल वितरण गर्न निर्देशन

११ चैत्र २०७२, बिहीबार ११:४२

चैत ११, रसुवा । हावाहुरी अति प्रभावित
गाविसमा जिल्ला विकास समितिमा मौजदात रहेको त्रिपाल र टेण्ट तत्काल वितरण गर्नका लागि जिल्ला दैवि
प्रकोप उद्धार समितिले निर्देशन दिएको छ ।

हाकुमा अस्तिेदेखि
लागेको आगलागि र हिजो विहानदेखि तिव्र गतिमा चलेको हावाहरीको विषयमा छलफल गर्न बसेको समितिको आपतकालिन
बैठकले सो निर्णय गरेको हो ।

rasuwa 1
त्रिपाल तथा टेन्ट अपुग रहेकोले ५ सय थान पाल र १ हजार वण्डल जस्तापाता केन्द्रिय दैवि प्रकोप
उद्धार समिति समक्ष माग गर्ने निर्णय भएको छ । अहिलेको समयमा भने हावाको गति कम हुदै गएको छ । हिजो
विहान ७ वजेदेखि तिब्र गतिमा हावाहुरी चलेपछि उत्तर भेगिय गाविसको जनजिवन प्रभावित भएको हो ।


सदरमुकाम धुन्चे लगायतका स्याफ्रु गोल्जुङ, गत्लाङ, चिलिमे लगायतका
गाविसका सर्वसाधारण सामान्य रूपमा वाहिर निस्कन थालेका छन । भने नेपाली सेनाको नारायण दल गण, शसस्त्र
प्रहरी वल तथा नेपाल प्रहरीको टोली प्रभावित स्थानमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद
अधिकारीले वताउनुभयो ।

क्षतिको
विवरण

जिल्ला दैवि प्रकोप उद्धार समिति रसुवाका अनुसार स्याफ्रु गाविस स्थित प्रेम तामाङको
घरमा आगलागि हुदा घर पुर्ण रूपमा जलेर नष्ट भएको छ । घर जल्दा करिव ३ लाख ५० हजार वरावरको क्षति भएको छ
। हावाहुरीका कारण धुन्चेमा ५ ओटा, थुमनमा २७ ओटा घर पुर्ण क्षति भएको छ । धुन्चेमा २० ओटा, स्याफ्रुमा
४० ओटा, गत्लाङमा १३ ओटा, गोल्जुङमा ३ ओटा, चिलिमेमा ४ ओटा घरको जस्तापाता तथा टेन्ट उडाएको छ ।
हावाहुरीले प्रभावित गाविसमा रहेका विभिन्न ७ ओटा विद्यालयमा धेरथोर क्षति गरेको छ । जिल्लामा रहेका
सरकारी कार्यलयमध्ये १० भन्दा बढि कार्यलयमा क्षति भएको छ ।

rasuwa 2
विद्युत सेवा अवरूद्ध
हावाहुरीका कारण विभिन्न स्थानमा वितरण लाइनका
काठका पोलहरू भाचिनुका साथै तारहरू चुडिएर यत्रतत्र भएपछि विहानैदेखि विद्युत सेवा अवरूद्ध भएको छ ।
गत्लाङ र गोल्जुङ लगायतका गाविसमा तत्काल विद्युत सेवा सुचारू गर्न सकिने अवस्था नरहेको र सदरमुकाम
लगायतका क्षेत्रमा भने वेलुकीसम्ममा सुचारू गर्न प्रयास भैरहेको नेपाल विद्युत प्राधिकरण शाखा धुन्चेले
जनाएको छ ।

टेलिफोन सेवा पनि
अवरूद्ध

अप्टिकल छिनेपछि नेपाल टेलिकमले वितरण गरेको ल्याण्डलाईन सेवा अवरूद्ध भएको छ ।
विशेषगरी रसुवागढि नाकामा सञ्चालनमा रहेका ४२ ओटा ल्याण्डलाइन पुर्ण अवरूद्ध भएको शाखा प्रवन्धक तोयानाथ
रिजालले वताउनुभयो । धुन्चे, स्याफ्रुका ग्राहकको टेलिफोन तार छिनेको रिजालको भनाई छ ।

rasuwa 3

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने