2026-06-30 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

हावाहुरी प्रभावितलाई तत्काल त्रिपाल वितरण गर्न निर्देशन

चैत ११, रसुवा । हावाहुरी अति प्रभावित
गाविसमा जिल्ला विकास समितिमा मौजदात रहेको त्रिपाल र टेण्ट तत्काल वितरण गर्नका लागि जिल्ला दैवि
प्रकोप उद्धार समितिले निर्देशन दिएको छ ।

हाकुमा अस्तिेदेखि
लागेको आगलागि र हिजो विहानदेखि तिव्र गतिमा चलेको हावाहरीको विषयमा छलफल गर्न बसेको समितिको आपतकालिन
बैठकले सो निर्णय गरेको हो ।

rasuwa 1
त्रिपाल तथा टेन्ट अपुग रहेकोले ५ सय थान पाल र १ हजार वण्डल जस्तापाता केन्द्रिय दैवि प्रकोप
उद्धार समिति समक्ष माग गर्ने निर्णय भएको छ । अहिलेको समयमा भने हावाको गति कम हुदै गएको छ । हिजो
विहान ७ वजेदेखि तिब्र गतिमा हावाहुरी चलेपछि उत्तर भेगिय गाविसको जनजिवन प्रभावित भएको हो ।


सदरमुकाम धुन्चे लगायतका स्याफ्रु गोल्जुङ, गत्लाङ, चिलिमे लगायतका
गाविसका सर्वसाधारण सामान्य रूपमा वाहिर निस्कन थालेका छन । भने नेपाली सेनाको नारायण दल गण, शसस्त्र
प्रहरी वल तथा नेपाल प्रहरीको टोली प्रभावित स्थानमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद
अधिकारीले वताउनुभयो ।

क्षतिको
विवरण

जिल्ला दैवि प्रकोप उद्धार समिति रसुवाका अनुसार स्याफ्रु गाविस स्थित प्रेम तामाङको
घरमा आगलागि हुदा घर पुर्ण रूपमा जलेर नष्ट भएको छ । घर जल्दा करिव ३ लाख ५० हजार वरावरको क्षति भएको छ
। हावाहुरीका कारण धुन्चेमा ५ ओटा, थुमनमा २७ ओटा घर पुर्ण क्षति भएको छ । धुन्चेमा २० ओटा, स्याफ्रुमा
४० ओटा, गत्लाङमा १३ ओटा, गोल्जुङमा ३ ओटा, चिलिमेमा ४ ओटा घरको जस्तापाता तथा टेन्ट उडाएको छ ।
हावाहुरीले प्रभावित गाविसमा रहेका विभिन्न ७ ओटा विद्यालयमा धेरथोर क्षति गरेको छ । जिल्लामा रहेका
सरकारी कार्यलयमध्ये १० भन्दा बढि कार्यलयमा क्षति भएको छ ।

rasuwa 2
विद्युत सेवा अवरूद्ध
हावाहुरीका कारण विभिन्न स्थानमा वितरण लाइनका
काठका पोलहरू भाचिनुका साथै तारहरू चुडिएर यत्रतत्र भएपछि विहानैदेखि विद्युत सेवा अवरूद्ध भएको छ ।
गत्लाङ र गोल्जुङ लगायतका गाविसमा तत्काल विद्युत सेवा सुचारू गर्न सकिने अवस्था नरहेको र सदरमुकाम
लगायतका क्षेत्रमा भने वेलुकीसम्ममा सुचारू गर्न प्रयास भैरहेको नेपाल विद्युत प्राधिकरण शाखा धुन्चेले
जनाएको छ ।

टेलिफोन सेवा पनि
अवरूद्ध

अप्टिकल छिनेपछि नेपाल टेलिकमले वितरण गरेको ल्याण्डलाईन सेवा अवरूद्ध भएको छ ।
विशेषगरी रसुवागढि नाकामा सञ्चालनमा रहेका ४२ ओटा ल्याण्डलाइन पुर्ण अवरूद्ध भएको शाखा प्रवन्धक तोयानाथ
रिजालले वताउनुभयो । धुन्चे, स्याफ्रुका ग्राहकको टेलिफोन तार छिनेको रिजालको भनाई छ ।

rasuwa 3

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ