२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा एचआईभी संक्रमितको संख्या बढ्दो, एकै वर्षमा ७ जनाको मृत्यु

१५ जेष्ठ २०७९, आईतवार ०५:२७

जेठ १५,महोत्तरी | महोत्तरीमा एचआईभी संक्रमितको संख्या अत्याधिक बढेको पाइएको छ । पछिल्लो पाँच वर्षको तथ्यांकले एचआईभी संक्रमितको संख्या अत्याधिक बढेको पुष्टि गरेको हो ।

एआरटी सेन्टर महोत्तरीका अनुसार २०७२ देखि अहिलेसम्म ४१० जनामा एचआईभी पोजिटिभ भएको छ ।  ४१० जनामध्य ३१० जना सक्रिय संक्रमित छन् । यो संख्या एआरटी सेन्टरमा आउनेहरुको मात्र हो । धेरैजसोले रोग लुकाउने भएको कारण महोत्तरीमा सयौँ संख्यामा एचआईभी संक्रमित हुन सक्ने महोत्तरीस्थित स्वास्थ्यकर्मीहरुको अनुमान छ ।

२०७८ मा  ६९ जनामा संक्रमित भएका छन् । अहिलेसम्म १२३ जना महिला र १७७ जना पुरुषहरुमा संक्रमण देखिएको एआरटी सेन्टर जलेश्वरले जनाएको छ ।

यो महिनामा मात्र एचआईभी सम्बन्धित् मिल्दोजुल्दो लक्षण देखिएका २९४ जनालाइ जाँच गरिएको छ । २९४ जनामा १९४ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।

तथ्यांकअनुसार बिदेशबाट काम गरेर फर्किएका ९६ जनामा पोजेटिभ देखिएको छ । पेशेवर यौनकर्मी तथा असुरक्षित यौनसम्पर्कका कारण पनि एचआईभी संक्रमण फैलिँदै गएको देखिएको छ । एआरटी सेन्टरका इन्चार्ज राजिप पाठकले संक्रमितमध्ये महिला यौनकर्मी आठ जना र तेश्रो लिङ्गी १२ जना छन् ।  

गम्भीर प्रकारका एचआईभी पोजेटिभ लक्षण देखिएकाहरुमध्ये पछिल्लो ५ वर्षमा महोत्तरीमा ३० जनाको मृत्यु भएको छ । इन्चार्ज राजिप पाठकको अनुसार यो वर्षमा मात्र एचआईभीकै कारण सात जनाको ज्यान गयो ।

पाँच वर्षको तथ्यांकमा सबैभन्दा बढी जलेश्वर नगरपालिकामा ४४ जना संक्रमित वनेका छन् । जिल्लाभरि बाक्लै संख्यामा खुलेका होटल र उक्त होटलमा लुकिछिपी चलाइने यौन व्यवसायका कारण पनि एचआईभी कै कारण ज्यान जानेको संख्या अधिक बनिरहेको जानकारहरु बताउँछन् ।

एआरटी सेन्टर जलेश्वरको अनुसार पिपरामा १६ जना, मनरासिस्वा नगरपालिकामा २१ जना, बल्वामा १२ जना, सम्सीमा ३६ जना, सोनामामा १५ जना, लोहारपट्टीवाट १५ जना, रामगोपालपुरमा २२ जना, एकडारमा १७ जना, मट्टीहानीमा २६ जना, औरहीमा १० जना, महोत्तरीमा १९ जना, भंगाहामा १८ जना, गौशालामा १२ जना र बर्दिबासमा १५ जना एचआईभी संक्रमित छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै