२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साथीलाई बचाउन खोज्दा विष्णुले पनि ज्यान गुमाए

२०७९, १५ जेष्ठ आईतवार ११:३९

जेठ १५, धनगढी | धनगढी–३ स्थित मोहना नदीमा डुबेर आइतबार दुई बालकको ज्यान गएकको छ । कञ्चनपुरको राजघाट र धनगढी जोड्ने निर्माणाधिन पुल नजिकै पौडी खेल्न गएका वेला एक बालक नदीमा डुबेपछि उनलाई बचाउन जाँदा अर्का बालकको पनि मृत्यु भएको हाे ।  

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी–३ विशालनगरका १० बर्षीय अनुप चौधरी र सोही ठाउँका १२ बर्षीय विष्णु गुप्ता मोहना नदीमा नुहाउन गएका थिए । 


सुरुमा १० बर्षीय बालक अनुप चौधरी डुबेका थिए ।

गहिरो खोचमा अनुप डुबेपछि सँगैरहेका विष्णु अनुपलाई बचाउन खोचमा हाम फालेका थिए । तर, साथीलाई बचाउँछु भनेर नदीमा हाम फालेका विष्णु आफै अस्ताए ।

‘प्रत्यक्षदर्शीका अनुसार साथी डुबेको देखेपछि विष्णुले हतारमा तलाउ जस्तो भएको नदीको खोचमा हाम फालेका रहेछन्,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षाक वेदप्रकाश जोशीले भने, ‘उनी आफै पनि तालबाट उम्कन सकेनन् ।’

नदीमा पौडी खेल्न गएकामध्ये अनुप चौधरी तार जालीमा फसेको पाइएको प्रहरीले जनाएको छ । ‘१० बर्षीय बालक अनुपको खुट्टा तार जालीमा अड्केपछि उनी बाहिर निस्कन नसकेको देखिन्छ,’ प्रहरी प्रवक्ता जोशीले भने, ‘बचाउन गएका विष्णु गुप्तालाई अनुपले च्यापेका कारण बाहिर निस्कन नसकेर मृत्यु भएको हुनसक्छ ।’

मृत्यु भएका दुवै बालकलाई सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीबाट निकालेको थियो । मृतक मध्ये अनुप धनगढी उपमहानगरपालिका–३ विशालनगर बस्ने अशोक चौधरीको छोरा हुन् भने १२ वर्षीय राजेश गुप्ताका विशालनगरकै बिष्णु गुप्ताका छोरा हुन् । उनीहरूको दिउँसो साढे १ बजे उद्धार गरिएको थियो । दुवै जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पाेष्टमार्टन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै