2026-09-18 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

स्याउवारीमा पुनर्मिलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

संयोग नेपाल/ चैत १३ रसुवा । रसुवाको स्याउवारीमा आज सहभोज पुनर्मिलन तथा
अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
स्थानिय शान्ति समिति रसुवाद्धारा आयोजित कार्यक्रममा
शशस्त्र द्धन्द्धका द्धन्द्धपिडितहरुसँग स्थानीय राजनितिक दल, स्थानीय शान्ति समिति तथा
सरोकारवालाहरुसँग छलफल तथा अन्तक्र्रिया भएको थियो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीको
प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले ११ बुदेँ स्याउवारी घोषणापत्र जारी गरेको छ ।

घोषणापत्रमा शान्ति सम्झौताको पालना गर्ने, द्धन्दलाई शान्तिमा रुपान्तरण
गर्ने, अहिलेसम्मको तिक्ततालाई मित्रतामा बदल्ने, राहत पुनस्थापना र न्यायको लागी सहयोग गर्ने, लगायतका
बुदाँहरु समावेश गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला
अधिकारी अधिकारीले, पिडितहरुको कुरा राज्यसम्म पु¥याउनको लागी पुलको रुपमा काम गर्दै नेपाल सरकारलाई
घच्घच्याउने बताउनुभयो । अहिलेसम्मका कुराहरुलाई भुल्दै अवको बाटोमा खुसीसाथ अगाडी बढ्नको लागी पनि
अधिकारीले अनुरोध गर्नुभयो ।

यस्तै कार्यक्रमका सभापति तथा
स्थानिय शान्ति समितिका संयोजक लामाकार्पु तामाङले राज्यले दिएको दायित्वहरुलाई आफुले जतिसक्दो छिटो
पिडितहरुसमक्ष पु¥याउने बिश्वास दिलाउनुभयो । सबै पक्षका साथीहरुलाई एकैठाउँमा देख्दा र सहभोजमा सहभागी
गराउन पाउँदा आफु एकदमै खुसी भएको कुरा पनि तामाङले बताउनुभयो ।

परिचयात्मक कार्यक्रमको क्रममा अधिकांश पिडितहरुले आफ्ना आफन्तहरुलाई सम्झिएर भावुक भएका थिए
। उनिहरुले आफ्ना आफन्तहरु बिनाकारण अनहाकमा मारिएको पनि बताएका थिए ।

स्थानिय शान्ति समिती रसुवाका संयोजक लामाकार्पु तामाङको सभापतित्वमा भएको कार्यक्रममा,
स्थानिय शान्ति समितीका पूर्व संयोजकहरु बिष्णु देवकोटा र माधव लामिछाने, रसुवा कांग्रेसका सभापति
पेम्वा छिरिङ तामाङ, रसुवा एमालेका अध्यक्ष कर्नेल लामा, एमाओवादी रसुवाका अध्यक्ष ईन्द्र गोतामे,
द्धन्द्धपिडितहरुको तर्फबाट सिला मगर, पवित्रा मोक्तान, रणप्रसाद न्यौपानेले आफ्ना भनाईहरु राखेका थिए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई