५ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढीका मेयर हमालले जन गुनासो सुन्न बाँडे ह्वाट्सयाप नम्बर

१६ जेष्ठ २०७९, सोमबार ०९:३९

जेठ १६, धनगढी | नगर क्षेत्रमा हुने भ्रष्टाचार, कामको ढिलासुस्ती तथा अन्य गुनासो सुन्न धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले ह्वाट्सयाप नम्बर बाँडेका छन् ।

सार्वजनिक सरोकारका सवालमा नगरवासीका समस्या तथा कर्मचारीबाट हुने ढिलासुस्तीलाई सम्बोधन गर्न उनले ९८५८४८८८९५ ह्वाट्सयाप नम्बर सार्वजनिक गरेका हुन् ।


सो नम्बर आफैसँग हुने बताउँदै मेयर हमालले सार्वजनिक सेवामा गलत क्रियाकलाप भए सो नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन् । नगर क्षेत्रभित्र सञ्चालन भइरहेका विकास निर्माणमा ढिला सुस्ती, स्तरहिन काम भए नागरिकले सिधै फोन गर्न सक्ने मेयर हमालले बताए । 

मेयर हमालले व्यक्तिगत प्रयोजनका लागि भने सो नम्बरमा फोन नगर्न आग्रह गरेका छन् । ‘आम नगरवासीले भ्रष्टाचार अन्त्य गर्ने कार्यमा वा सरकारी कार्यालयमा सुशासन कायम गर्ने सवालमा मात्रै सो नम्बर प्रयोग गर्नेछन् भन्ने अपेक्षा गरेको छु,’ मेयर हमालले भने, ‘आ–आफ्नो क्षेत्रबाट नगरवासीले सहयोग गरे हाम्रो अभियानले पनि चाडै सार्थकता पाउनेछ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : केपी शर्मा ओली राप्रपा महामन्त्री डा. धवलशम्शेर राणालाई उपचारका लागि छोड्ने तयारी विश्वप्रकाश शर्माको शिक्षकहरुलाई जस्तै निजामती कर्मचारीलाई पनि सडक आन्दोलन गर्न बाध्य नबनाउन आग्रह शिक्षकहरूको सडक आन्दोलनले गर्दा सर्वसाधारणलाई सास्ती नेपाल सरकारका मुख्य सचिव अर्यालले भावनामा बगेर निजामती ऐन बनाउन नहुने बताए हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि पुनः सञ्चालनमा माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले अतिरिक्त सचीव अनावश्यक रहेको बताए नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिए नेपोनको अध्यक्षमा विनोद पाण्डे चयन गृहमन्त्री लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नहुने बताए निजामती कर्मचारीहरूले सिंहदरबारस्थित राज्य व्यवस्था समिति बैठक कक्षको अगाडि धर्ना दिए बारामा ३६७ किलो १४० ग्राम लागू औषध गाँजा सहित ५ जना तस्कर पक्राउ काठमाडौँबाट हेटौंडा आउँदै गरेको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु र १४ जना घाइते दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक चिप्लो हुँदा यातायात आवागमनमा अवरुद्ध गृहमन्त्रीद्वारा गण्डकी प्रदेशलाई आपतकालीन गोदाम हस्तान्तरण शंकर अधिकारीले शिक्षक आन्दोलनप्रति कुण्ठा राखेर भ्रम नछर्न पूर्वशिक्षक नेताहरूलाई आग्रह गरे धवलशमशेर राणालाई क्यान्सरको फलोअप उपचारमा भारत जान नदिने षडयन्त्रमा सरकार लागेको आरोप सुनसरीमा आगलागी हुँदा १० वटा घर जलेर नष्ट, ६० लाख बराबरको क्षति काभ्रेको रोशीमा आगलागी हुँदा २ बालबालिका घाइते शुक्रबार सुनको भाउ ८ सय रुपैयाँले घट्यो