पढ्न करिब 1 मिनेट लाग्छ

जेठ १७, बुटवल | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझीलाई ३० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ ।

सिनपा-१२ स्थित जग्गाको हालसाविकका लागि ३० हजार घुस लिँदै गर्दा उनको निवास (पुरानो नापी कार्यालय) बाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धानका सूचना अधिकारी बेदप्रसाद भण्डारीले जानकारी दिए ।