2026-09-18 06:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

केशव अधिकारी र ईश्वर गाईजूलाई नियोजित रुपमा फसाउन खोजियो, तत्काल रिहा गरियोस्’

जेठ १८, भक्तपुर | राप्रपा भक्तपुरले जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा फकाउने नियतसहित पक्राउ गरिएका केशवप्रसाद अधिकारी र ईश्वर गाइजूलाई अविलम्ब रिहा गर्न माग गरेको छ । 

सरकारी जग्गा बेच्न बैना लिएको आरोपमा पक्राउ परेका ७२ वर्षीय राप्रपा भक्तपुरका कोषाध्यक्ष अधिकारी र   ५ करोड २० लाख बैना लिने २ जना पक्राउ ५८ वर्षीय गाईजूलाई तत्काल रिहा गर्न राप्रपाले माग गरेको हो । 

राप्रपा भक्तपुर अध्यक्ष रामशरण लामिछानेले अदालतमा विचाराधीन रहेको मुद्दामा पक्राउ गर्नु फसाउने उद्देश्य देखिएकाले तत्काल उनीहरुलाई रिहा गर्न माग गरेका हुन् । 

‘जाहेरीवाला आफैंले भक्तपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेको र कारवाहीको प्रक्रियामा रहेकोमा गलत नियतका साथ अदालतमा कारवाहीको प्रक्रियामा नै रहेको सोही करारको आधार बनाई अपराध महाशाखामा जाहेरी दिई दुःख दिने नियतका साथ मुद्दा नै चल्न नसक्ने मुद्दामा अनुसन्धन गरी थुनामा राख्ने कार्य भएको हुँदा यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ लामिछानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  

आरोप लगाएजस्तो सरकारी जग्गा बिक्री गर्न बैना नगरेको खुलेको राप्रपा केन्द्रीय प्रचार विभाग सदस्य सञ्जिव न्यौपानेले दाबी गरेका छन् । 

उनका अनुसार सुडाल गाविस ४ क को ३९९ नम्वर कित्ता जग्गा केही समयअघि मात्र सरकारको नाम गएको जानकारी भक्तपुर मालपोत कार्यालयले जानकारी दिएको छ । यसअघि उक्त जग्गा व्यक्तिको नाममा रहेको र अंशबण्डाको क्रममा कृष्णबहादुर ढुकुछुको नामबाट बाटो कायम भई सार्वजनिक जग्गा भएको खुल्न आएको उनले बताए ।

सार्वजनिक भनिएको उक्त जग्गा नेपाल सरकारको नाममा २३ पुस २०७८ मा गएको जानकारी दिएका न्यौपानले बताए । तर, उक्त जग्गा ३० चैत २०७७ धनिराम राई र रुप सुन्दर चामलिङलाई बैना गर्दा व्यक्तिको नाममा नै रहेको देखिएको दाबी गरेका न्यौपानले अहिले सरकारी जग्गा बिक्री गर्न खोजेको आरोपमा उनीहरुलाई पक्राउ गर्न खोज्नु गलत रहेको जिकीर गरे । हाल अधिकारी र गाईजु जिल्ला प्रहरी कार्यालय भक्तपुरको नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई