२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

केशव अधिकारी र ईश्वर गाईजूलाई नियोजित रुपमा फसाउन खोजियो, तत्काल रिहा गरियोस्’

१८ जेष्ठ २०७९, बुधबार ०५:५४

जेठ १८, भक्तपुर | राप्रपा भक्तपुरले जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा फकाउने नियतसहित पक्राउ गरिएका केशवप्रसाद अधिकारी र ईश्वर गाइजूलाई अविलम्ब रिहा गर्न माग गरेको छ । 

सरकारी जग्गा बेच्न बैना लिएको आरोपमा पक्राउ परेका ७२ वर्षीय राप्रपा भक्तपुरका कोषाध्यक्ष अधिकारी र   ५ करोड २० लाख बैना लिने २ जना पक्राउ ५८ वर्षीय गाईजूलाई तत्काल रिहा गर्न राप्रपाले माग गरेको हो । 

राप्रपा भक्तपुर अध्यक्ष रामशरण लामिछानेले अदालतमा विचाराधीन रहेको मुद्दामा पक्राउ गर्नु फसाउने उद्देश्य देखिएकाले तत्काल उनीहरुलाई रिहा गर्न माग गरेका हुन् । 

‘जाहेरीवाला आफैंले भक्तपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेको र कारवाहीको प्रक्रियामा रहेकोमा गलत नियतका साथ अदालतमा कारवाहीको प्रक्रियामा नै रहेको सोही करारको आधार बनाई अपराध महाशाखामा जाहेरी दिई दुःख दिने नियतका साथ मुद्दा नै चल्न नसक्ने मुद्दामा अनुसन्धन गरी थुनामा राख्ने कार्य भएको हुँदा यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ लामिछानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  

आरोप लगाएजस्तो सरकारी जग्गा बिक्री गर्न बैना नगरेको खुलेको राप्रपा केन्द्रीय प्रचार विभाग सदस्य सञ्जिव न्यौपानेले दाबी गरेका छन् । 

उनका अनुसार सुडाल गाविस ४ क को ३९९ नम्वर कित्ता जग्गा केही समयअघि मात्र सरकारको नाम गएको जानकारी भक्तपुर मालपोत कार्यालयले जानकारी दिएको छ । यसअघि उक्त जग्गा व्यक्तिको नाममा रहेको र अंशबण्डाको क्रममा कृष्णबहादुर ढुकुछुको नामबाट बाटो कायम भई सार्वजनिक जग्गा भएको खुल्न आएको उनले बताए ।

सार्वजनिक भनिएको उक्त जग्गा नेपाल सरकारको नाममा २३ पुस २०७८ मा गएको जानकारी दिएका न्यौपानले बताए । तर, उक्त जग्गा ३० चैत २०७७ धनिराम राई र रुप सुन्दर चामलिङलाई बैना गर्दा व्यक्तिको नाममा नै रहेको देखिएको दाबी गरेका न्यौपानले अहिले सरकारी जग्गा बिक्री गर्न खोजेको आरोपमा उनीहरुलाई पक्राउ गर्न खोज्नु गलत रहेको जिकीर गरे । हाल अधिकारी र गाईजु जिल्ला प्रहरी कार्यालय भक्तपुरको नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ