२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

मलेसियामा मृत्यु भएका बिमित परिवारलाई इन्स्योरेन्स कम्पनीले दियो १४ लाख

२०७९, २० जेष्ठ शुक्रबार ०६:४७

जेठ २०, खोटाङ | युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु भएका बिमितका परिवारलाई बिमा रकम प्रदान गरेको छ । बिमा गरेर मलेसिया गएको अवस्थामा मृत्यु भएका केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा घर भइ हाल दिक्तेलमा बसोबास गरिरहेका जितबहादुर बस्नेतको परिवारलाई युनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानीबापत १४ लाख हस्तान्तरण गरेको हो ।

शुक्रबार दिक्तेलमा एक कार्यक्रम आयोजना गरेर कम्पनीका बागमती प्रदेश प्रमुख राजु श्रेष्ठले मृतक बिमितका श्रीमती सुर्जाकुमारी बस्नेतलाई मृत्यु दाबीबापत प्राप्त हुने कुमारी बैंकको चेक हस्तान्तरण गरेका हुन् । 

बस्नेतले वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया जानुअघि १३ फागुन २०७७ मा वैदेशिक रोजगार म्यादी जीवन बिमा गरेका थिए । बिमा गरेर मलेसिया पुगेका बस्नेतको २ असोज २०७८ मा मृत्यु भएको थियो । 

मृतक बिमितको बिमांक दाबी रकमबापत १० लाख, क्रिया खर्चबापत एक लाख, शव ल्याउँदाको खर्चबापत एक लाख र आय नोक्सानीवापत दुई लाख रकम उपलब्ध गराइएको कम्पनीका खोटाङ शाखा प्रमुख नरेन्द्र ढकालले बताए । 

दिक्तेल बहुमुखी क्याम्पसका प्राध्यपक पदम बिष्ट, युनियन लाइफ इन्स्योरेन्स कम्पनीका ओखलढुंगा शाखा प्रमुख तेजप्रसाद ढकाल, कम्पनीका खोटाङ एजेन्सी मेनेजर मनोज थापा, मृतक परिवारका छिमेकी चन्द्र कार्की लगायतको उपस्थितिमा मृत्यु दावी रकम हस्तान्तरण गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस