2026-11-01 11:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुपन्देही बस दुर्घटना : जसले बसको सिसा फोडेर ज्यान बचाए

जेठ २२, भैरहवा | भैरहवा–नवलपरासी सडकखण्डमा रात्रिकालिन यात्रुवाहक बस दुर्घटनामा दुईजनाले बसको झ्यालको सिसा फोडेर आफ्नो ज्यान जोगाएका छन् । बसमा ३३ जना सवार थिए । जसमध्ये दुई जना बाराको सिमरा नगरपालिका १३ का १८ वर्षीय रोहन चौधरी र धनुषाको हंसपुर नपा–३ का मुफिद मन्सुरी थिए ।

एक्कासी बस तेर्सो पर्यो र नदीमा खस्यो । निद्रामा रहेका उनीहरुले बस पुलको रेलिङमा ठोक्किएर नदीमा खस्दै गर्दा ब्युँझिए । बस ठूलो आवाजमा नदीमा खस्यो । बसमा रुवाबासी चल्यो । तर, उनीहरुले बसको सिसा फोडे र बाहिर निस्के ।

‘मेरो छेउमा एकजना साथी थियो, उसले र मैले बसको सिसा फोडेर बाहिर निस्क्यौं,’ दुर्घटनामा घाइते भएर भैरहवास्थित भीम अस्पतालमा उपचाररत चौधरीले भने, ‘हामीदुई साथी सिसा फोडेर बाहिर निस्कँदै गर्दा एकजना सानो बालकलाई पनि झ्यालबाट तानेर बाहिर निकाल्यौं।’

उनको खुट्टा र टाउकोमा सामान्य चोट लागेको छ । ‘सिसा फोडेर बाहिर निस्किएपछि शरीरले काम नगरे जस्तो भयो, अनि नदी छेउको बगरमा बालुवामा म, साथी र ती सानो बालक पल्टियौं,’ उनले भने,’ त्यसपछि तत्काल प्रहरी आएर उद्धार गरेर अस्पताल ल्याएको हो ।’

उनले छेउको साथीको नाम भने थाहा नभएको बताए । उनले के–कति कारणले बस दुर्घटना भयो भन्ने जानकारी नभएको जनाए ।

‘बसमा सबैजसो यात्रु सुतेका थिए, त्यसैले के–कति कारणले बस दुर्घटना भयो भन्ने जानकारी भएन । तर, बस खस्दै गर्दा धेरै मानिसहरु चिच्याएका थिए,’ उनले भने । बुटवलको एक ग्यारेजमा काम गर्दै आएका धनुषाका मन्सुरी घरबाट बुटवल जानका लागि आएका हुन् । बसको अन्तिम सिटमा बसेर आएका उनले पनि सिसा फोडेर आफ्नो ज्यान जोगाएको बताए ।

‘दुर्घटना पछि बसमा रुवाबासी थियो, मैले हतार–हतार सिसा फोडे र बाहिर निस्केर बालुवामा पल्टिएँ, प्रहरी आएर अस्पताल ल्याए,’ उनले भने । मन्सुरीको पनि भीम अस्पतालमा उपचार भइरहेको छ । निद्रामा भएकाले बस दुर्घटना पर्नुको कारण थाहा नभएको उनले सुनाए । मन्सुरीको पनि हात, खुट्टा र टाउकोमा सामान्य चोट लागेको छ ।

पश्चिम नेपाल प्रालिको लु २ ख ३८४१ नम्बरको उक्त यात्रुबाहक बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अहिलेसम्म ६ जनाको पहिचान खुलेको छ ।

पहिचान खुल्नेमा रुपन्देहीको तिलोत्तमा नपा २ योगिकुटीका ५६ वर्षीय बिष्णु पौडेल, तिलोत्तमा नपा ८ का ३७ वर्षीया तुल्सी बस्याल, बुटवल उपमनपा–११ कालिकानगरका कृष्णप्रसाद बस्याल, ओमसतिया गाउँपालिका–४ मटेरियाका ६५ वर्षीय राजेन्द्र प्रसाद पाण्डे, रौतहट चन्द्रनिगाहपुरका २० वर्षीय दिनेश दास, र भारत जनकपुरग्रामका ४० वर्षीय अरबिन्द्र शर्मा रहेको प्रहरीले जनाएको छ ।

बस आइतबार बिहान ४:२० बजे भैरहवा–परासी सडकखण्ड अन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सीमाना स्थित पुलबाट रोहिणी नदीमा खसेको थियो । बसमा सवार ३३ जना मध्ये २५ पुरुष, ६ महिला र दुई बालबालिका थिए । 

दुर्घटनामा घाइते भएका २४ जनाको भैरहवाको युनिभर्सल मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलले बताए । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द