१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हज कमिटीले बढाएको शुल्क फिर्ताको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

२२ जेष्ठ २०७९, आईतवार १२:०७

जेठ २२, सप्तरी | मुस्लिम तीर्थालुको पवित्र स्थल मक्का मदिना हजयात्राका लागि हज कमिटीले बढाएको शुल्क वृद्धि फिर्ताको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पठाएको छ । 

नेपाल मुस्लिम संघको नेतृत्वमा ३६ जना मुस्लिम तीर्थालु हजयात्रीले जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र पठाएको हो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत प्रधानमन्त्री देउवालाई हजयात्राको शुल्क वृद्धि फिर्ता गर्नु माग गर्दै ज्ञापन पत्र पठाएको नेपाल मुस्लिम संघका केन्द्रीय सचिव इर्साद अन्सारीले जानकारी दिए।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले मुस्लिम तीर्थयात्रीले बुझाएको ज्ञापन पत्र तुरुन्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पठाउने प्रतिबद्धता व्यक्त गरेको अंसारीको भनाई छ ।

हज यात्राका लागि यसअघि २ लाख २५ हजार रुपैयाँ तोकिए पनि हाल हज कमिटीले शुल्क बढाएर ४ लाख ६३ हजार पुर्‍याएको छ । पुरानै शुल्क अनुसार सप्तरीका २४ जना हजयात्रीले १ लाख २५ हजारको दरले सम्बन्धी कार्यालयमा शुल्क बुझाई सकेको ज्ञापन पत्रमा उल्लेख छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौंमार्फत प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय सप्तरीलाई सम्बोधन गरिएको ज्ञापन पत्रमा गृह मन्त्रालय र हज कमिटीलाई बोधार्थ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक