2026-10-23 03:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

चिरिबाबुले नाक काट्ने प्रसंग निकालेपछि नेताहरुको जवाफ

जेठ २२, ललितपुर | ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आइतबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा नाक काट्ने प्रसंग झिकेपछि पार्टीभित्रको घात अन्तर्घातको आरोप प्रत्यारोपसँगै बिबाद सतहमा देखिएको छ । 

न्वनिर्वाचित मेयर महर्जनले आफूले स्थानीय निर्वाचन टिकट पाउने सन्दर्भमा पार्टीभित्रबाटै टिकट ल्याएर देखाए आफूले नाक काट्ने उद्घोष गरेको खुलासा गरे । उनले भने, ‘फेरि आफूले टिकट पाएपछि पार्टीका साथी जितेको खण्डमा नाक काट्ने भन्दै हिँडेका थिए । अहिले कसरी सास फेर्लान् । सिगान कसरी पुछ्लान् ।’

उनले पार्टीको स्कुलिङ कमजोर भएको बताउँदै नाक काट्छु भन्दै हिड्ने नेताले आफूलाई भोट दिए त भन्दै प्रश्न उठाए ।

जिल्ला नेतृत्वको गलत निर्णयका कारण मेयर महर्जनले आफूसँगै ११ जना वडाध्यक्षले जितेको भन्दै टिकट वितरणमा गढबढी भएको बताए । उनले भने, ‘भैले भने अनुसार टिकट वितरण नहुँदा कार्यपालिकामा बहुमत भएन ।’

कांग्रेस जिल्ला सभापति जितेन्द्र श्रेष्ठले आफूले टिकट वितरणमा कुनै गढबढी नगरेको मञ्चबाटै जवाफ फर्काए । आफूले टिकट वितरणमा पैसा नखाएको स्पष्टीकरण दिँदै श्रेष्ठले भने, ‘कांग्रेसले जिल्लामा लज्जास्पद हार व्यहोरेको भए मैले राजीनामा दिन्थे । जिल्लामा ६९ वटा उम्मेदवारी परेको वडामा ३८ वटामा जित भएको छ । यो सफलतालाई हेरेर धन्यवाद भन्नु पर्दैन ।’

केन्द्रिय सदस्य तथा ललितपुरका नेता उदयशम्सेर राणाले दक्षिण ललितपुरको वागमती र महाँकाल गाँउपालिकामा राम्रो टिमका साथ काम गरेको कारण लगभग क्लिन स्विप गरेको बताउँदै महानगरले यहाँबाट सिक्नु पर्ने बताए । मेयर चिरिबाबु महर्जनलाई जवाफ दिँदै उनले भने, टिकट दिँदा हस्तक्षेप भएको छैन । जिते आफूले गर्दा जितेको हारेको ठाँउ अरुले विगारेको नभनौं ।  उनले नाक काटेको वा नकाटेको कुरामा गएर विवाद निकाले पार्टीलाई कुनै फाइदा नहुने बताए ।

केन्द्रिय सदस्य उर्मिला केसीले पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवालाई साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको र गणेशमान सिंह रुँदै हिँडेको प्रसंग निकाल्दै जिल्लाको विवाद सामान्य रहेको बताइन् ।

जिल्ला नेतृत्वले टिकट दिँदा विधान लत्याएर केन्द्रिय सदस्यहरुलाई उपस्थित गराएर निर्णय गराउनु पर्नेमा आफूसँग कसैले नसोधेको बताइन् । उनले भनिन्, ‘मलाई पार्टीभित्रका साथीहरुले मेरो हैसियत नभएको बताउने गरेका छन् ।’ पार्टीभित्र निषेधको राजनीति नगर्न चेतावनी दिँदै केसीले भनिन्, ‘निषेधले पार्टीमा द्वन्द्व निम्त्याउछ । द्वन्द्वले कमजोर भइन्छ ।’

केन्द्रीय सदस्य जितजंग बस्नेतले नेपाली कांग्रेसमा धेरै अनुशासनहीन काम भएको बताए । उनले मेयर महर्जनको भनाइप्रति लक्षित गर्दै भने,‘यहाँ जसले जे बोले पनि हुन्छ ।’

पार्टीका उपसभापति पूर्णबहादुर खड्काले छिट्टै पार्टीको समीक्षा बैठक राख्न जिल्ला अध्यक्ष जितेन्द्र श्रेष्ठलाई निर्देशन दिँदै भने, समीक्षा बैठकमा पार्टीका ठूला नेता के भन्ला भनेर नसोच्नुसर सबै कुरा खुलस्त राख्नुस् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने