भदौ २०, काठमाडौँ । ललितपुर प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न ११ जना युवा युवतीलाई आइतबार ग्वार्कोबाट पक्राउ गरेको छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, काठमाडौँ । ललितपुर प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न ११ जना युवा युवतीलाई आइतबार ग्वार्कोबाट पक्राउ गरेको छ ।
२ पुष २०८२, बुधबार
काठमाडौँ - KTM

यौन क्रियाकलापका लागि मोलमोलाइ गरिरहेका ११ पक्राउ

२० भाद्र २०७३, सोमबार ०७:०१

भदौ २०, काठमाडौँ । ललितपुर प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न ११ जना युवा युवतीलाई आइतबार ग्वार्कोबाट पक्राउ गरेको छ ।

 महानगरीय प्रहरी वृत्त सातदोबाटोको विशेष टोलीले बालकुमारी–ग्वार्को क्षेत्रमा वेश्यावृत्तिसम्बन्धि मोलमोलाई गर्ने कार्यमा संलग्न रहेको अभियोगमा छ जना युवती र एक सञ्चालकसहित पाँचजनालाई पक्राउ गरेको हो ।

 ग्वार्कोस्थित बिएण्डबी हस्पिटल नजिक ‘मनिषा खाजाघर’ बाट अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको वृत्त प्रमुख प्रहरी नायव उपरीक्षक रामेश्वर यादवले बताए ।

 उनका अनुसार उक्त खाजाघरमा युवायुवती जम्मा भई यौनजन्य क्रियाकलापका लागि मोलमोलाई गरी अन्तै गएर बस्ने गरेको खुल्न आएको छ । पक्राउ परेकामध्ये सञ्चालक २६ वर्षीय सञ्जय पाण्डे र अन्य १५ देखि २० वर्ष उमेरका छन् ।

 हाल सातदोबाटो प्रहरीमा रहेका उनीहरुलाई सोमबार यौनजन्य क्रियाकलापसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता