पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>जेठ २५, सुर्खेत | </b>वैदेशिक रोजगारीबाट फर्केकालाई ‘गरिखाने कार्यक्रम’मा सहभागी गराइने भएको छ ।<br></p><p>कर्णाली प्रदेश सरकारले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममार्फत वैदेशिक रोजगारीमा फर्केकालाई गरिखाने कार्यक्रम अन्तर्गत सहभागी गराइने भएको हो । </p><p>‘विदेशवाट फर्केका तथा स्वदेशभित्र रोजगारीको अवसरवाट वञ्चित युवालाई सीप, स्रोत र साधन उपलब्ध गराई सिर्जनशिल उद्यम मार्फत स्वरोजगार बनाउन ‘गरिखाने कार्यक्रम’ अभियानको रुपमा सञ्चालन गरिने’ कर्णाली प्रदेशले योजना सार्वजनिक गरेको छ ।</p>

