नरी बडु/भदौ २०, बैतडी । चितुवाको आतंकीत क्षेत्रका रुपमा चिनिने बैतडीको तल्लोसोराड क्षेत्रका बालबालिका असुरक्षीत भएपछि सुरक्षा गरीदिन स्वाराडका जनताले स्थानीय प्रशासन संग आग्रह गरेका छन् ।

०७३ भाद्र २० गते बैतडीका प्रमुख जिल्ला अधिकारी कि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु/भदौ २०, बैतडी । चितुवाको आतंकीत क्षेत्रका रुपमा चिनिने बैतडीको तल्लोसोराड क्षेत्रका बालबालिका असुरक्षीत भएपछि सुरक्षा गरीदिन स्वाराडका जनताले स्थानीय प्रशासन संग आग्रह गरेका छन् ।

०७३ भाद्र २० गते बैतडीका प्रमुख जिल्ला अधिकारी कि"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बालबालिकाको सुरक्षा गरीदिन स्वराडका जनताको आग्रह

२० भाद्र २०७३, सोमबार १२:०३

नरी बडु/भदौ २०, बैतडी । चितुवाको आतंकीत क्षेत्रका रुपमा चिनिने बैतडीको तल्लोसोराड क्षेत्रका बालबालिका असुरक्षीत भएपछि सुरक्षा गरीदिन स्वाराडका जनताले स्थानीय प्रशासन संग आग्रह गरेका छन् ।

०७३ भाद्र २० गते बैतडीका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीलाई भेटी उनिहरुले बालबालिकाको सरक्षा गरीदिन आग्रह गरेका हुन् । जिल्लाको तल्लो स्वराड क्षेत्रमा दुई वर्ष यता चितुवाले २२ जनाको ज्यान लिईसकेको छ । 

जसमध्ये २० जना बालबालिका छन् । भने दुई महिलाको चितुवाको आक्रमणमा परि ज्यान गएको छ । ०७३ भाद्र महिनाको २० गते सम्ममा मात्रै चितुवाले दुई बालिकाको ज्यान लिएको छ । आगनमा खेलिरहेको अवस्थामा उदयदेव गाविसमा वडा नं. २ र ९ का ७ वर्षिय चन्चला चन्द र ४ वर्षिय अञ्जली चन्दको चितुवाको आक्रमणमा परी ज्यान गएको छ ।

उक्त क्षेत्रमा आतंक मच्चाईरहेको नरभक्षी चितुवा मार्न ०७३ भाद्र १९ गते स्थानीय प्रशासनले १५ जनाको प्रहरी टोली हतियार सहित खटाएको छ । टोलीले ०७३ भाद्र २० गते बिहानै देखि आफ्नो कार्य शुरु गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक बालनरसिंह राणाले बताए ।

आईतबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको आकस्मिक बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९(४) बमोजिम नरभक्षी चितुवालाई मार्नका लागि तत्काल हतियार सहित १५ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा खटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताए । सोही निर्णय अनुसार हतियार सहितको प्रहरी टोली तल्लोस्वराडको उदयदेवमा पुगेको प्रहरी नायव उपरीक्षक राणाले जानकारी दिए ।

उक्त क्षेत्रमा चितुवाले दिनानुदिन बालबालिकाको ज्यान लिन थालेपछि बाहिर जान समेत समस्या भएको स्थानीय करन दयालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ