२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

दलित छात्रको पठनपाठनको जिम्मा देशकै जेठो गुरुकुलले लिने

२८ जेष्ठ २०७९, शनिबार ०३:४४

जेठ २८, महोत्तरी | २१ जेठमा बर्दियाका नरेन्द्र सुनार आफ्ना २ जना छोरासहित ४ जना बच्चालाई पुरोहित पढाउन ललितपुर  हानिदा दलित भएकै आधारमा भर्नावाट नै बन्चित भइन्छ भनेर सोचेका पनि थिएनन् । शंखमुलस्थित जगद्गुरु आदर्श संस्कृत गुरुकुलमा भर्ना गर्ने तयारीसहित जब आश्रम पुगे तब नरेन्द्रका लागि ठिक उल्टो बन्यो । सोधखोजको क्रममा अध्ययन गर्ने बालक  दलित भएको थाहा पाएपछि भर्ना सिट नभएको भन्दै गुरुकुलले त्यतिकै फर्काइदियो ।

तर, कहिलेकाही कसैले नराम्रो गर्न खोज्दा राम्रो बनिदिन्छ भन्ने भनाइ नरेन्द्र सुनारलाई लागू भएको छ । दलित भएकै आधारमा भर्ना  नपाएको समाचार केही सञ्चार माध्यमहरुले सम्प्रेषण गरेपछि नरेन्द्रका छोराहरुले ३०४ वर्ष पुरानो  देशकै जेठो गुरुकुल महोत्तरीको मट्टीहानीस्थित राजकीय संस्कृत माध्यामिक विध्यालयमा भर्ना हुने सौभाग्य प्राप्त गरेका छन ।

'केही सञ्चार माध्यममा दलित भएकै आधारमा भर्ना नपाएको भन्ने समाचार देखेपछि हामीले भर्ना गर्ने घोषणा गरेका हौ', मट्टीहानीस्थित उक्त गुरुकुलका प्राचार्य इश्वरी पौडेलले भने ।

चारै जना छात्रहरुको पठनपाठन, बसोबास र खानपानको सम्पूर्ण व्यवस्था गुरुकुलले नै जिम्मा लिने प्राचार्य पौडेलको भनाइ छ ।

बालगुरु षडानन्दले समेत शिक्षा लिएको उक्त गुरुकुलमा कसैलाइ पनि भेदभावको नजरले नहेरिने बताउदै प्राचार्य पौडेलले भने 'हाम्रो विध्यालयमा दलित मात्र हैन इस्लाम धर्मका धर्मावलम्बीहरु समेत अध्ययन गरिरहेका छन्  ।'

४ मध्ये २ जनालाई चितवनको देवघाटमा भर्ना लिने बताएता पनि पठनपाठनमा समस्या वन्ने अभिभावकहरुको गुनासो छ  । ३ महिनासम्म परीक्षण हुने र त्यसपछि सुधार नभए पठनपाठनको जिम्मा नलिने शर्तमा भर्ना गर्न लागेको अभिभावकहरुको भनाइ छ ।

अभिभावकहरुको पुरोहित बनाउने सपनालाई साकार बनाउन आफूहरु प्रतिबद्ध रहेको बताउदै प्राचार्य पौडेलले छात्रहरुलार्इ निर्धक्क भएर मट्टीहानीस्थित गुरुकुल पठाउन आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ