सन्तोषकुमार गुप्ता/भदौ २०, देउखुरी । नजिकिदै गरेको तीज सहित अन्य चार्ड पर्वका समयमा हुन सक्ने अपराधिक तथा अप्रिय घटना नियन्त्रण गर्न प्रहरी चौकी सिसहनियाँले गाउँ केन्द्रित सचेतना कार्यक्रम सुरु गरेको छ । 

चार्ड पर्वका समयमा हुन सक्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/भदौ २०, देउखुरी । नजिकिदै गरेको तीज सहित अन्य चार्ड पर्वका समयमा हुन सक्ने अपराधिक तथा अप्रिय घटना नियन्त्रण गर्न प्रहरी चौकी सिसहनियाँले गाउँ केन्द्रित सचेतना कार्यक्रम सुरु गरेको छ । 

चार्ड पर्वका समयमा हुन सक्न"/>

2026-09-19 04:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्रहरी चौकी सिसहनियाँको गाउँ केन्द्रित सचेतना कार्यक्रम

सन्तोषकुमार गुप्ता/भदौ २०, देउखुरी । नजिकिदै गरेको तीज सहित अन्य चार्ड पर्वका समयमा हुन सक्ने अपराधिक तथा अप्रिय घटना नियन्त्रण गर्न प्रहरी चौकी सिसहनियाँले गाउँ केन्द्रित सचेतना कार्यक्रम सुरु गरेको छ । 

चार्ड पर्वका समयमा हुन सक्ने चोरी डकैती, लागु औषध दुव्र्यसन, लैङगिक हिंसा जस्ता सम्भावित घटना हुन नदिन र सडक दुर्घटना हुनबाट बचाउन प्रहरीले नागरिक केन्द्रित सचेतना मुलक कार्यक्रम सुरु गरेको हो । 

पछिल्लो समयमा युवाहरु लागुऔषध दुव्र्यसनीे जस्ता गलत कृयाकलापमा बढ्दो सम्लग्नतालाई कम गर्न का लागि पनि प्रहरी चौकी सिसहनियाँले प्रहरी र नागरिक बीचको सुमधुर सम्बन्ध कायम गर्न प्रहरी र नागरिक बीचको हातेमालो सहितको लागुऔषध, लैङगिक हिंसा तथा ट्राफिक नियन्त्रण सम्बन्धी सचेतना अभियान सुरु गरेको हो ।  

बढ्दो सड्क दुर्घटना कम गर्न तथा समुदायमा हुने अपराधिक घटना नियन्त्रण गर्न प्रहरी मात्रको एक्लो प्रयास प्रभावकारी नहुने भएको हुँदा समाजमा हुने हरेक गलत कृयाकलाप नियन्त्रण गर्न प्रहरी र नागरिक बिचको सम्बन्ध महत्वपूर्ण  हुने भएको हुँदा हामीले समुदाय देखि प्रहरीको हातेमालो सचेतना अभियान शुरु गरेका हौँ चौकीका प्रमुख यज्ञमणी वैदिकले बताए ।

यसैबीच प्रहरी चौकी सिसहनियाँले सोमवार सिसहनियाँ १ बड्का सिसहनियाँमा एक दिने लागुऔषध नियन्त्रण, लैङगिक हिंसा र ट्राफिक सचेतना सम्बन्धी एकदिने अन्तर्कियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 

चौकीका प्रमुख यज्ञमणी वैदिकको अध्यक्षता एवम् गाउँ अगुवा विद्याशरण चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा चौकीका प्रमुख वैदिकले लागुऔषधका बेफाईदा, त्यसको असर, व्यक्ति, समाज र भविष्यमा पार्ने असर, रोकथामका लागि गर्न सकिने प्रयास, कसको के भुमिका र लैङगिक हिंसा तथा चोरी डकैती हुन नदिन नागरिक र प्रहरीबीच साथीत्वको सम्बन्धका विषयमा प्रशिक्षण दिएका थिए । 

कार्यक्रममा भूतपुर्व प्रहरी नायव निरिक्षक बिरबहादुर चौधरी, सिसहनियाँ युवा सञ्जालका अध्यक्ष गौरी शंकर पाण्डे लगायतका वक्ताहरुले बोल्नु भएको थियो । ८० जना भन्दा बढी स्थानीयहरुको सहभागीता रहेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा