वीरगन्ज | भारतबाट अवैधरुपमा ल्याइएको कछुवासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

भारतबाट चोर बाटो हुँदै कछुवा लिएर आएका बाराको कलैया उपमहानगरपालिका-७ का ४५ वर्षिय आनन्दलाल टेमानी पक्राउ परेका हुन्। उनको साथबाट ११३ वटा क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वीरगन्ज | भारतबाट अवैधरुपमा ल्याइएको कछुवासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

भारतबाट चोर बाटो हुँदै कछुवा लिएर आएका बाराको कलैया उपमहानगरपालिका-७ का ४५ वर्षिय आनन्दलाल टेमानी पक्राउ परेका हुन्। उनको साथबाट ११३ वटा क"/>

२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतबाट ल्याइएको ११३ वटा कछुवासहित एक जना पक्राउ

२०७९, ३० जेष्ठ सोमबार ११:१२

जेठ ३०, वीरगन्ज | भारतबाट अवैधरुपमा ल्याइएको कछुवासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

भारतबाट चोर बाटो हुँदै कछुवा लिएर आएका बाराको कलैया उपमहानगरपालिका-७ का ४५ वर्षिय आनन्दलाल टेमानी पक्राउ परेका हुन्। उनको साथबाट ११३ वटा कछुवा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

सोमबार बिहान साढे ९ बजेको समयमा वीरगन्ज महानगरपालिका-१६ ईनर्वागाउँको बाटो हुँदै आएका उनलाई ११३ वटा कछुवासहित पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए।

विशेष सुराकीको आधारमा खटिएको प्रहरीको टोलीले बीआर ०५ ए एफ ०५८३ नम्बरको भारतीय मोटरसाईकललाई रोकेर चेकजाँच गर्दा ११३ वटा कछुवा फेला परेको खनालले बताए।

कछुवासहित पक्राउ परेका टेमानीलाई वन्यजन्तु सरंक्षण ऐन सम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय पर्सामा बुझाइएको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर