२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

विद्यालयको हिसाबकिताब खोज्ने शिक्षिकामाथि प्रधानअध्यापकबाट हातपात

४ असार २०७९, शनिबार ०९:३७

असार ४, खोटाङ | दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता प्राविकी शिक्षिका गोमा कार्कीमाथि प्रधानअध्यापक लक्ष्मी पौडेलले हातपात गरेकी छिन् । विद्यालयको आर्थिक गतिविधि पारदर्शीताको विषयमा विवाद हुँदा प्रअ पौडेलले शिक्षिका कार्कीमाथि शुक्रबार विद्यालय व्यावस्थापन समितिको बैठकमा हातपात गरेकी हुन् ।

पौडेलले शिक्षिका कार्कीको पानीपेटमा लात्तीले हान्दा गम्भीर चोट लागेको शिक्षिका कार्कीले बताइन् । निरन्तर पेट दुख्ने र पिसाब नरोकिने समस्या देखिएपछि कार्कीलाई जिल्ला अस्पताल दिक्तेलले शनिबार नोबेल अस्पताल विराटनगर रेफर गरेको छ । कार्कीलाई आफन्तले शुक्रबार रातिनै जिल्ला अस्पताल पुर्‍याएका थिए । घाइते शिक्षिकाका आफन्तले शनिबारनै जिल्ला प्रहरी कार्यालयमा पौडेलविरुद्ध उजुरी पनि दिएका छन् । 

पाठ्यपुस्तकको १० हजार आठ सय ८५, सीपको १५ हजार, मसलन्दको १५ हजार, अडिटको १० हजार, मर्मतको नौ हजार, छात्रवृत्तिको चार हजार आठ सय, इन्टरनेटको १२ हजार, इन्टरनेट रिजार्चको १२ हजार, दिवा खाजाको ३४ हजार पाँच सय ९६ सहित एक लाख ३२ हजार नौ सय ३१ को आयव्यायका बारेमा जिज्ञासा राख्दा आफूमाथि कुटपिट भएको शिक्षिका कार्कीको भनाइ छ । कार्की पनि सोही विद्यालयकी पुर्वप्रअ हुन् । यसअघि अप्रेशन गरेको ठाउँमा चोट लाग्दा स्वास्थ्य समस्या निम्तिएको अनुमान छ । 

विव्यास अध्यक्ष सकुन्तला खत्री घटनाका बेला केही पर भएकाले लात्तीले हानेको नदेखेको बताइन् । ‘यो भन्दाअघिको बैठकमा पनि उहाँहरूबीचमा आर्थिक हिसाबको विषयमा विवाद भएको रहेछ,’ खत्रीले भनिन्, ‘शुक्रबारको बैठकमा पनि त्यही विषय निस्केर विवाद भएको हो । ठेलाठेल भएको देखेँ । पछि पेट दुख्यो भन्दै उहाँ (गोमा कार्की रुँदै हुनुहुन्थ्यो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ